ल्याउँदैछ फेसबुकले आफ्नै क्रिप्टोकरेन्सी

jukaer faceकाठमाडौँ, जेठ ५ गते । लोकप्रिय सामाजिक सञ्जाल फेसबुकले छिट्टै क्रिप्टोकरेन्सी ल्याउने भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार यस अघि ब्लक चेन समूह बनाएको फेसबुकले क्रिप्टोकरेन्सीको तयारी गरेको छ ।
हालै सार्वजनिक भएको एक रिपोर्टका अनुसार कम्पनीले आफ्नै छुट्टै ब्लकचेन डिभिजन बनाएको छ । यसले अन्य कम्पनीका जस्तै ब्लक चेन टेक्नोलोजीको सम्भावनाको खोजी गरिरहेको खबर छ ।
हाल फेसबुकको विश्वभर दुई अर्बभन्दा बढी प्रयोगकर्ता छन् । क्रिप्टोकरेन्सी लन्च गरेपछि प्रयोगकर्तालाई बिटक्वाइन जस्तो भर्चुअल करेन्सीका प्रयोगका लागि भुक्तानी गर्ने सुविधा हुने विश्वास गरिएको छ ।
के हो ब्लकचेन ?
ब्लकचेन यस्तो प्रविधि हो, जसबाट बिटकोईन, इथेरिएमजस्ता क्रिप्टोकरेन्सी बनाइएको छ । यो प्रविधिको उपयोगिता बहुआयामिक छ । ब्लकचेनका अगाडि क्रिप्टोकरेन्सी त एउटा सानो पाटो मात्र हो । ब्लकचेन प्रविधि सामान्यतया एक किसिमको कारोबारको लिस्टको रेकर्ड हो । यो प्रविधिले दुई मानिसबीच भएको कारोबारको रेकर्ड राख्ने काम गर्छ । ब्लकचेनको डाटाबेस क्लाउडमा हुन्छ, जसले यसलाई कसैले नचलाओस् र स्टोरेजको कमी हुने समस्यालाई रोक्छ । बिटक्वाइनले पनि यस्तै ब्लकचेन मार्फत कारोबार गर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना