सरकारको नीति तथा कार्यक्रम आज

parlament of nepalकाठमाडौँ, जेठ ७ गते ।  राष्ट्रपति विद्यादेवी भण्डारीले सरकारको आर्थिक २०७५/७६ को नीति तथा कार्यक्रम सोमबार (आज) संघिय संसदमा प्रस्तुत गर्दै हुनुहुन्छ । बजेट पूर्वको छलफल सकिएको एक सातापछि राष्ट्रपतिले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रस्तुत गर्न लाग्नु भएको हो । नीति तथा कार्यक्रमका लागि सोमबार अपरान्ह ४ बजे संघिय संसदको संयुक्त बैठक बोलाइएको हो । 

सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने विशेष कार्यक्रममा उपराष्ट्रपति, पूर्वप्रधानमन्त्रीहरु, राजनीतिक दलका शीर्ष नेताहरु, सरकारका उच्च अधिकारीहरु, संवैधानिक आयोगका प्रमुखहरु, सुरक्षा निकायका प्रमुखहरु र कूटनीतिक नियोगका प्रमुखहरुलाई पनि निम्त्याइएको छ ।
नीति तथा कार्यक्रमका आधारमा आगामी आर्थिक वर्षको बजेट आउने भएकाले यसलाई चासोका साथ हेरिएको छ । तत्कालीन एमाले र माओवादी एकीकरण भएपछि बनेको ‘नेपाल कम्युनिस्ट पार्टी’ले ल्याउने नीति तथा कार्यक्रममा समाजवादको आधार तथा विकास र समृद्धिको नारालाई सार्थक पार्ने उद्देश्य प्रतिविम्वित हुने बताइएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना