स्वास्थ्य पत्रकार मञ्चको नयाँ कार्यसमिति

गोरखापत्र समाचारदाता–
काठमाडौ, जेठ ७ गते । स्वास्थ्य पत्रकार मञ्च नेपालको तेस्रो अधिवेशनले आगामी दुई वर्षका लागि हेल्थ टिभी अनलाइनका कल्पना आचार्यको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित गरेको छ ।
अधिवेशनले उपाध्यक्षमा गोरखापत्र दैनिकका सरोज ढुंगेल, महासचिवमा नेपाली हेल्थ डटकमका  रामप्रसाद न्यौपाने, सचिवमा कान्तिपुर साप्ताहिकका भिषा काफ्ले र कोषाध्यक्षमा हाम्रो डाक्टर डटकमका उद्धवराज भेटवाललाई निर्विरोध निर्वाचित गरिएको छ ।
कार्यसमिति सदस्यहरुमा देशसञ्चार डटकमका दीपा दाहाल, न्यूज २४ टेलिभिजनका रिया भण्डारी, अनलाइन खवर डटकमका ऋचा अर्याल, रातोपाटी डटकमका अञ्जु तामाङ्ग र सौर्य दैनिकका यसिमा महत निर्वाचित भएका छन् ।
अधिवेसनमा संस्थाका पूर्व महासचिव मनिष गौतमले संगठानिक र पूर्व कोषाध्यक्ष रामप्रसाद न्यौपानेले आर्थिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना