नीति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ आज

parlament of nepalकाठमाडौँ, जेठ १३ गते । सरकारको वार्षिक नीति तथा कार्यक्रममा उठेका प्रश्नमा आइतबार प्रधानमन्त्री केपी शर्मा ओलीले संसद्मा जवाफ दिँदै हुनुहुन्छ । जेठ ७ गते राष्ट्रपति विद्यादेवी भण्डारीले संघीय संसद्को संयुक्त बैठकमा पेश गर्नुभएको नीति तथा कार्यक्रममा छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नमा प्रधानमन्त्रीले जवाफ दिन लाग्नुभएको हो । जवाफका लागि प्रतिनिधिसभाको बैठक आइतबार बिहान ११ बजे बोलाइएको छ ।

छलफलका क्रममा सत्तापक्षका सांसदहरूले नीति कार्यक्रमको समर्थन गर्दै कतिपय विषय थप गर्न सुझाव दिनुभएको छ । प्रतिपक्ष दलका सांसदहरूले भने सरकारले पेस गरेको कार्यक्रमको प्राथमिकतामाथि प्रश्न उठाउनुभएको छ ।
यस्तै, पाँच वर्षमा दोहोरो अङ्कको आर्थिक वृद्धि हासिल गर्ने, पाँच वर्षमा नै प्रतिव्यक्ति आयलाई दोब्बर पार्ने, कृषि उपजको दोब्बर बनाउने लगायतका विषयमा स्पष्ट आधार नभएको भन्दै आलोचना गर्नुभएको छ ।
प्रधानमन्त्रीले जवाफ दिएसँगै नीति तथा कार्यक्रम पारितको प्रक्रियामा जानेछ । सरकारले पेस गरेको नीति तथा कार्यक्रममाथि ६ वटा संशोधन दर्ता भएका छन् । पारित हुनु अघि संशोधनका प्रस्तावहरूलाई निर्णयार्थ पेस गरिनेछ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना