आज बजेट प्रस्तुत हुने

Budgetकाठमाडौँ, जेठ १५ गते । आगामी आर्थिक वर्ष २०७५/७६ का लागि मङ्गलबार प्रतिनिधिसभामा बजेट प्रस्तुत हुँदैछ । अर्थमन्त्री डा. युवराज खतिवडाले अपराह्न ४ बजे बजेट पेस गर्नुहुनेछ । 

स्रोत अभावले चालू आवको बजेट कार्यान्वयनमा समस्या बेहोरेको सरकारले आगामी बजेटमा समेट्ने कार्यक्रमलाई विशेष चासोका रूपमा हेरिँदै छ । सरकारले लिएको ‘सुखी नेपाली, समृद्ध नेपाल’को अभियान तथा गणतन्त्र स्थापनापछि पहिलोपटक स्थिर सरकार गठन भएकाले पनि बजेट आकर्षणको केन्द्र बनेको छ ।
जेठ १५ गते संसद्मा बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना