कुखरापालनबाट मनग्य आम्दानी

eggsचरिकोट, जेठ १५ गते । श्रम गर्न सके स्वदेशमै राम्रो आम्दानी गर्न सकिन्छ उदाहरण यहाँका कृषकले देखाएका छन् । दोलखाको भीमेश्वर नगरपालिका–६ का नवराज न्यौपानेले कुखुरापालनबाट मासिक एक लाख रुपियाँ कमाउन थाग्नु भएको छ । 

रोजगारीका लागि दुई दशकभन्दा बढी भौँतारिएर सुरु गरिएको कुखुरा पालनले यसरी राम्रो नाफा दिन थालेकोमा उहाँ साह्रै खुसी हुनुहुन्छ । कृषक न्यौपानेले चार हजार लेयर्स कुखुरा पाल्नु भएको छ । १६ लाखमा खोर बनाइएको छ । एक लटले तीन महिना र अर्को लटले दुई महिना भयो अन्डा दिन थालेको । अहिले दैनिक चारै हजारले अन्डा दिन थालेका उहाँ बताउनुहुन्छ ।
अन्डा प्रतिगोटा १३ रुपियाँमा बिक्री हुन्छ दाना, औषधि, परिश्रमसमेत कटाएर मासिक एक लाख बचेको बताउँदै उहाँले भन्नुभयो, श्रीमान्, श्रीमतीकै राम्रो तलब आउन थालेको छ, न कसैको भनाइ न कसैको गाली । स्वतन्त्र रूपमा मासिक आम्दानी आइरहन्छ ।
कुखुरापालन व्यवसाय गर्ने सोच पलाएपछि नबिल बैङ्कबाट ३५ लाख रुपियाँ ऋण लिएर उहाँले यसको सुरुवात गर्नुभएको हो । राम्रो आम्दानी दिन थालेपछि अब दुई हजार थप्ने उहाँको योजना छ । जिल्लामा अन्डाको धेरै माग भए पनि दिगो रूपमा कुखुरापालन गर्ने व्यवसायी छैनन् । आफूले त्यसैको अभाव पूरा गर्ने प्रयास गरेको उहाँले उल्लेख गर्नुभयो ।
एन के पोल्ट्री एन्ड फर्मको नामबाट कुखुरापालन थालिएको छ । महिला लक्ष्मीका स्वरूप हुन्छन् भनेर श्रीमती कालिका न्यौपानेलाई फर्मको मालिक राखेको उहाँ बताउनुहुन्छ ।
कुखुरापालनको व्यवसाय गर्नुअघि उहाँले १८ वर्ष काठमाडौँको एक विद्यालयमा कर्मचारीको काम गर्नुभयो । त्यसबाट आर्थिक प्रगति हुन नसकेपछि यो पेसा अपनाउनु भएको हो । उहाँ भन्नुहुन्छ, १८ वर्ष कुखुरापालन गरेको भए निकै कमाउन सकिने रहेछ । अहिले पछुतो लागिरहेको छ । मध्यम खेती उत्तम व्यापार निर्घृणी नोकरी भनेर बूढापाकाले भनेको यथार्थ हो जस्तो लाग्यो ।
उहाँ जागिर छोडेपछि के पेसा अपनाउने भनेर धेरै भौँतारिनु भयो । कुखुरापालन नै उत्तम पेसा लागेर सुरु गरे उहाँले भन्नुभयो, राम्रो कमाइ हुन थालेपछि अहिले सबैले पत्याउन थालेका छन् । राम्रै काम गरेछु भन्ने लाग्न थालेको छ । उहाँले यो पेसा थालेको तीन वर्ष भयो । सुरुमा राम्रो आम्दानी नहुँदा, जागिर पनि छाडेकाले सारै विचलित थिएँ उहाँले भन्नुभयो, स्वदेशप्रेमी भएकाले विदेश पलायन हुन मनले मानेन बरु यसैमा दुःख गर्छु भनेर लागेको अहिले धैर्य गरेको फल पाएको छु ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना