दाङलाई पूर्ण सिँचाइयोग्य बनाउने महत्त्वाकाङ्क्षी योजना सुरु


लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, जेठ १५ गते । प्रशस्त अन्न फल्ने जिल्लाका रूपमा परिचित दाङ जिल्लाको सम्पूर्ण खेतीयोग्य भूमिलाई सिँचाइयोग्य भूमिमा परिणत गर्ने गरी सरकारले महìवकाङ्क्षी कार्यक्रम अघि सारेको छ ।
ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले दाङ जिल्लाको देउखुरी, घोराही तथा तुल्सीपुर क्षेत्र र वरपरको चुरे तथा पहाडी भूभागको सबै खेतीयोग्य जमिनमा सिँचाइ सुविधा पु¥याउन विशेष कार्यक्रम सञ्चालन गरिरहेको छ ।
सिँचाइ विभागका महानिर्देशक सरोज पण्डितका अनुसार खेतीयोग्य जमिन प्रशस्त भएको तर पानीको स्रोत कम भएको दाङको सबै खेतीयोग्य भूभागलाई सिँचाइ सुविधा पु¥याउन सरकारले कार्यक्षेत्र विभाजन गरी जिल्लाभरि सिँचाइका संरचना निर्माण गर्न थालिएका छन् । बृहत् दाङ सिँचाइ आयोजना, प्रगन्ना बड्कापथ सिँचाइ आयोजना, भूमिगत जलस्रोत विकास समिति तथा सिँचाइ डिभिजन कार्यालयले दाङ जिल्लाका सबै क्षेत्रमा कार्य विभाजन गरी कार्य सञ्चालन गरिरहेका छन् ।
दाङ जिल्लामा कुल ५६ हजार हेक्टर जमिन खेतीयोग्य जमिन रहेको कृषि विभागले जनाएको छ । जसमध्ये पराम्परागत रूपमा कुलो निर्माण तथा भूमिगत जलस्रोतबाट हालसम्म १० हजार हेक्टर जमिनमा सिँचाइ सुविधा छ । बाँकी ४६ हजार हेक्टर जमिनमा सिँचाइ सुविधा पु¥याउन सरकारले महìवाकाङ्क्षी योजना अघि सारेको हो । sichai
जिल्ला सदरमुकाम तुलसीपुर तथा घोराही क्षेत्रलाई सिँचाइ पु¥याउने उद्देश्यले सञ्चालनमा रहेको बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले पानीको भण्डारण गर्न पोखरी निर्माण गर्ने, खोलानालाको पानी लिप्टिङ गर्ने र स–साना मूलको पानी पाइपबाट ल्याएर सिँचाइ सुविधा पु¥याउने कार्य गरिरहेको छ । आयोजना प्रमुख मिनराज ढकालका अनुसार हाल नमुना सिँचाइका रूपमा पानीको भण्डारण गर्ने पोखरी निर्माण र बबईलगायतका नदी खोलाबाट पानी लिप्टिङ गर्ने एक दर्जन आयोजना निर्माण भइरहेका छन् । जसले गर्दा ससानो स्तरमा बाह्रैँ महिना सिँचाइ सुविधा पुग्ने अपेक्षा गरिएको छ ।
दीर्घकालीन र ठूलो मात्रामा सिँचाइको सुविधा पु¥याउन शारदा नदी–दाङ उपत्यका डाइभर्सनका लागि अध्ययन भइरहेको छ । दाङ उपत्यकामा पानीको आपूर्तिका लागि सन् २०१० मा माडी–दाङ उपत्यका डाइभर्सनका लागि प्रारम्भिक अध्ययन भइसकेको छ । आयोजना प्रमुख ढकालले गोरखापत्रसँग कुरा गर्दै भन्नुभयो, ‘अहिले हामीले शारदा नदी– दाङ उपत्यका डाईभर्सन आयोजनाका लागि पूर्व सम्भाव्यता अध्ययनमा लागि रहेका छौँ । चालु आर्थिक वर्षमा यो अध्ययन पूरा हुने लक्ष्य लिइएको छ । त्यसपछि माडी–दाङ अथवा शारदा–दाङ उपत्यका डाइभर्सन जुन उपर्युक्त देखिन्छ । त्यसैलाई अगाडि बढाइनेछ । ’आयोजनाले चार हजार हेक्टर लिप्टिङबाट, एक हजार हेक्टर पोखरीबाट र ३७ हजार हेक्टर जमिन डाइभर्सन निर्माण गरी सिँचाइ सुविधा पु¥याउने लक्ष्य राखेको छ ।
त्यसैगरी सिँचाइको सुविधा खासै पुग्न नसकेको देउखुरी क्षेत्रमा सिँचाइ प्रणाली विकास गर्न प्रगन्ना बड्कापथ सिँचाइ आयोजनाले काम गरिरहेको छ । आयोजना प्रमुख रविन्द्रबहादुर थापाका अनुसार हाल प्रगन्ना सिँचाइ प्रणालीबाट पाँच हजार ८०० हेक्टर र बड्कापथ सिँचाइ प्रणालीबाट चार हजार हेक्टर जमिनमा सिँचाइ पु¥याउन संरचनाका निर्माण भइरहेका छन् ।
आयोजना प्रमुख थापाले भन्नुभयो, –‘प्रगन्ना सिँचाइ प्रणालीको पानी अर्जुन खोलामा फालेर सतबरियाको थप क्षेत्रमा सिँचाइ पु¥याउने गरी आयोजना विकासका लागि पनि छलफल भइरहेको छ । यदि त्यसो भयो भने थप भू–भाग सिँचाइयोग्य हुनेछ । ’
आगामी दुई वर्षभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य लिइएको यो आयोजनाको अनुमानित लागत एक अर्ब ९४ करोड रुपियाँ रहेको छ । हालसम्म सरकारले ३५ करोड रुपियाँ मात्र विनियोजन गरेकोले आयोजनाको कुल कामको ३० प्रतिशत मात्र प्रगति हुनसकेको छ । पर्याप्त बजेट विनियोजन नहुँदा ३२ किलोमिटरको मूल नहरमध्ये सात किलोमिटरको मात्र ठेक्का भएको छ । आयोजना प्रमुख थापाले भन्नुभयो, ‘आगामी वर्ष पर्याप्त बजेटको व्यवस्थापन हुन सके मूल नहरको सबै ठेक्का लगाउन सकिन्छ । स्थानीय बासिन्दाको माग पनि यही रहेको छ । ’

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना