किवानिज सिन्धुपाल्चोकद्वारा विपन्न विद्यार्थीलाई स्टेशनरी सामाग्री वितरण

सिन्धुपाल्चोक, जेठ १६ गते । बालबालिकाको क्षेत्रमा काम गदैँ आएको किवानिज क्लव अफ सिन्धुपाल्चोकले एक सय ७० जना विपन्न विद्यार्थीहरुलाई स्टेशनरी सामाग्री वितरण गरेको छ ।
किवानिज क्लव अफ सिन्धुपाल्चोकले श्री उग्रचण्डी माध्यामिक विद्यालय, भोटेकोशीे १ का कक्षा १ देखि १० सम्मका १७० जना आर्थिकरुपले विपन्न विद्यार्थीलाई स्कुल झोला, कलम कपि लगायतका खेलकुदका सामाग्री वितरण गरेको हो । सो विद्यालय समुन्द्र सतहदेखि २ हजार २ सय ५६ फिटको उचाईमा अवस्थित छ ।
कार्यक्रममा बोल्दै कार्यक्रममा प्रमुख अतिथी तथा वडा अध्यक्ष मुके शेर्पाले किवानिज क्लव अफ सिन्धुपाल्चोकको सहयोगको निरन्तरताका लागि आग्रह गर्नुभयो ।
विद्यालय व्यवस्थापन समिति अध्यक्ष टेकबहादुर शेर्पाले शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न अग्रसर क्लवले आगामी दिनमा यस्ता कार्यक्रमलाई जिल्लाव्यापीरुपमा सञ्चालन हुने विश्वास व्यक्त गर्नुभयो ।
सिन्धुपाल्चोक किवानिज क्लवका संस्थापक अध्यक्ष नारायणबहादुर राउतले क्लव मार्फत् सिन्धुपाल्चोक जिल्लाका दुुर्गम स्थानका विशेषगरी सरकारी विद्यालयमा स्टेसनरी, झोला, खाजा, नेतृत्व विकास र रक्तदान लागायतका सामाजिक कार्यक्रम आगामी दिनमा समेत निरन्तरता दिने प्रतिवद्धता व्यक्त गर्नुभयो । उहाँले बालबालिका मार्फत् विश्वलाई स्वास्थ्य, शिक्षा र वातावरणका क्षेत्रबाट परिवर्तन गर्न क्लव अग्रसर रहेको बताउनुभयो ।
कार्यक्रममा किवानिज क्लव अफ सिन्धुपाल्चोकका पदाधिकारी वरिष्ठ उपाध्यक्ष सुजित बस्नेत, उपाध्यक्ष दानुर्पु शेर्पा, कोषाध्यक्ष सोनामदोर्जे शेर्पा, सचिव सुमित्रा बस्नेत, सहसचिव रामचन्द्र थापा, सदस्य किशोरकुमार पाण्डे, दावा शेर्पा लगायतको उपस्थिति रहेको थियो ।
बुधबार आयोजित सो कार्यक्रमको संयोजन क्लवका कोषाध्यक्ष सोनामदोर्जे शेर्पा र दावा शेर्पाले गर्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना