सिमकोटमा पर्यटकको घुइँचो

 

राजन राउत

सिमकोट, जेठ १८ गते । मानसरोवर कैलाश जाने भारतीय धार्मिक पर्यटकको सङ्ख्या बढेसँगै सिमकोटमा पर्यटकको घुइँचो लाग्न थालेको छ । पछिल्लो दुई हप्तायता मात्रै दुई हजारभन्दा बढी भित्रिएका छन् । हवाई यातायातको सहजता तथा मानसरोवर कैलाश जाने सिजन सुरु भएसँगै पर्यटकको सङ्ख्या बढेको हो । यो क्रम असोजसम्म जारी रहनेछ ।
बिहीबारसम्म सिमकोट आउने मानसरोवर कैलाशका लागि धार्मिक यात्रा गर्ने पर्यटकको सङ्ख्या दुई हजार एक सय ७९ जना पुगेको सिमकोट गाउँपालिकाबाट विमानस्थलमा पर्यटन शुल्क सङ्कलक धनरासी रोकायाले बताउनुभयो । यसमध्ये दुुई हजार एक सय ७९ जना भारतीय र बाँकी ८० जना तेस्रो देशका पर्यटक भित्रिएको उहाँले बताउनुभयो । गत वर्ष जेठ १३ गतेसम्म मानसरोवर कैलाशको धार्मिक यात्रा गर्ने पर्यटकको सङ्ख्या एक हजार छ सय ७७ थियो । यसपटक यही सिजनमा पाँच सय दुई जना बढी पर्यटक जिल्लामा भित्रिएका छन् ।
केही दिनअघि मात्र निर्माण सम्पन्न भएको हुम्ला रिसोर्ट एन्ड स्पाका प्रबन्ध पेमा लामाले तीन सय जना पर्यटकलाई होटेलमै बास दिएको बताउनुभयो । मानसरोवर जाने उपयुक्त बाटोका रूपमा सिमकोट रहेको र पर्यटकका लागि बास बस्न र खाना खाने स्तरीय होटेलको निर्माणले सहयोग गरेको बताउनुभयो । tourist_2
पर्यटन प्रवद्र्धनका लागि होटेलसँगै सहज रूपमा नेपालगञ्जदेखि सिमकोटको हवाई यातायात र सिमकोटबाट हिल्साका लागि हेलिकोप्टरको व्यवस्थाले पनि सहज भएको मानसरोवर होटेलका सञ्चालक चिनबहादुर रावतले बताउनुभयो । अहिलेसम्म तीन सय पचास जना पर्यटकलाई ‘नाईट स्टे’ सेवा होटेलले दिएको उहाँले बताउनुभयो । तीन वर्षअघिसम्म हुम्लामा तीनदेखि चारवटा होटेल सञ्चालनमा आउँदा ग्राहक तथा कार्यक्रम पाउनै गाह्रो हुने अवस्था थियो । अहिले सिमकोटमा मात्रै १४ वटा होटल सञ्चालनमा छन् । यस वर्ष मात्र सिमकोटमा नयाँ तीनवटा पर्यटक स्तरीय होटल सञ्चालनमा आएका छन् ।
अहिले सिमकोट विमानस्थलमा दैनिक २० वटाभन्दा बढी हवाईजहाजको उडान हुन थालेको छ । सिमकोटबाट हिल्सा हेलिकोप्टरले उडान भर्ने गरेको विमानस्थलले जनाएको छ । सिमकोटमा मात्र आठवटा हेलीले नाइट स्टे दिइरहेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना