स्वच्छ वातावरण महाअभियान सुरु हुँदै

लक्ष्मीप्रसाद उपाध्याय

काठमाडौँ, जेठ २२ गते । प्रकृति र मानव सहअस्तित्व कायम राख्दै वातावरण संरक्षण कायम राख्न मङ्गलबारबाट नेपाल स्वच्छ वातावरण महाअभियान २०७५ को शुभारम्भ हुँदैछ । विश्व वातावरण दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सो महाअभियान सफल पार्न सम्पूर्ण नेपालीलाई वातावरण संरक्षणका लागि सरकारले अङ्गिकार गरेको समृद्ध नेपाल, सुखी नेपालीको संकल्पलाई साकार पार्न सपथ स्वरुप प्रतिवद्धता गराउनु हुनेछ ।
महाअभियान शुभारम्भ हुने कार्यक्रमस्थल ललितपुरको जावलाखेलबाट देशबासीलाई नै सपथ गराउने कार्यक्रम रहेको छ । महाअभियान वर्षभरि बिभिन्न कार्यक्रमहरु सञ्चालन गरेर मनाइने वन तथा वातावरण मन्त्रालयले जनाएको छ ।
अभियानका क्रममा सिंहदरबारलाई फलफूलको बगैँचा (फ्रुट गार्डेन) बनाइने छ । मन्त्रालयका सचिव डा. विश्वनाथ ओलीले मङ्गलबार दिउँसो ११ः३० बजे एक नेपाली एक फलफूलको विरुवा अभियानको शुभारम्भ पनि प्रधानमन्त्री ओलीले गर्ने साइत तय भएको छ । प्रधानमन्त्री ओलीले लिची र एभोकार्डका दुई वटा विरुवा रोपेर सिंहदरबारलाई फलफूलको बगैँचा निर्माण गर्ने अभियानको शुभारम्भ गर्नुहुनेछ ।
वृक्षरोपण अभियान, नदीनाला सरसफाई अभियान, बाटोघाटो सडक सफा अभियान, वन जङ्गल संरक्षण अभियान लगायतका बिभिन्न अभियानहरु एक साथ सञ्चालन गरिने भएकाले यो अभियानलाई महाअभियान नामाकरण गरिएको बताइएको छ । world-en
वृक्षरोपण कार्यक्रमका संयोजक तथा वन अनुसन्धान विभागका उपमहानिर्देशक यज्ञनाथ दाहालका अनुसार मङ्गलबार सिंहदरबारभित्र पहिलो दिन प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ कर्मचारीबाट दुई सय बिभिन्न प्रजातिका फलफूलका बिरुवा रोपण गरिनेछ ।
देशभरका निजामती, नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी, शिक्षक सहित करिब छ लाख कर्मचारी हरेकले दुई विरुवा रोप्ने कार्यक्रम रहेकोले कम्तिमा १२ लाख फलफूलका विरुवा रोपिने उपमहानिर्देशक दाहालले बताउनुभयो ।
सिंहदरबारभित्र प्रधानमन्त्री, मन्त्रीको छुट्टै ब्लक, विशिष्ट श्रेणीका कर्मचारी र विदेशी कूटनीतिज्ञ लगायतका विशिष्ट व्यक्तित्वले वृक्षरोपण गर्न छुट्टै ब्लक निर्धारण गरिएको छ । सिंहदरबार भरि फलफूलका विरुवा रोप्ने कार्यक्रम निरन्तर जारी हुने मन्त्रालयले जनाएको छ ।
मन्त्रालयका सचिव डा. ओलीका अनुसार स्वच्छ नेपाल वातावरण महाअभियानमा आम नागरिकलाई सहभागी गराउने गरी वर्षभरीको कार्यतालिका बनाएर सरकारले कार्यक्रम सञ्चालन गर्ने छ ।
उहाँले भन्नुभयो, वातावरणमा उल्लेखित प्रतिकुल प्रभाव पार्ने गरी प्रदुषण सिर्जना हुन नदिने र तोकिएको मापदण्ड विपरित फोहोरमैला नियन्त्रण हुने खालका कार्यक्रमलाई प्रभावकारी रुपमा वर्षभरी नै कार्यान्वयन गरिनेछ ।
त्यसैगरी प्रभावकारी रुपमा वातावरण संरक्षण गर्न र जल जमिन, वायु तथा अन्य प्रदुषण रोक्न सङ्घ, प्रदेश र स्थानीय तहबाट जारी कानुनको कडाईका साथ पालना र कार्यान्वयनमा जोड दिइने छ र त्यसको नियमित अनुगमन गरिने मन्त्रालयले जनाएको छ । वन तथा वातावरण मन्त्रालय वातावरण तथा जैविक विविधता महाशाखा प्रमुख डा. महेश्वर ढकालका अनुसार प्रदुषणको रोकथाम, नियन्त्रण र हरियाली प्रवद्र्धन तथा वातावरण संरक्षणका लागि विज्ञान, प्रविधिको प्रयोग र सफल अभ्यास समेतका आधारमा सबै निकायसँग समन्वय गरी सञ्चालन गर्ने कार्ययोजना मन्त्रालयले बनाएको छ ।
सबै सरकारी निकाय, गैर सरकारी सङ्घ, संस्था, निजी क्षेत्र तथा आम नागरिकको व्यापक, प्रत्यक्ष र सक्रिय सहभागितामा महाअभियान सञ्चालन गरिने सहसचिव डा. ढकालले बताउनुभयो । उहाँले भन्नुभयो, विगतमा वातावरण संरक्षण र हरियाली प्रवद्र्धनका लागि मन्त्रालय एक्लै र अन्य संरक्षणमा सहकार्य गर्ने बिभिन्न निकायले आआफ्नै ढङ्गले अभियान सञ्चालन गरेको भए पनि यो सबै निकायको संयुक्त अभियानको पनि अभियान भएकाले महाअभियान मनाउने कार्ययोजना सरकारले निर्माण गरेको हो ।
त्यसैगरी उपत्यकाभित्र बिरुवा रोप्न ठाउँ हुने घरपरिवारलाई दुई वटा विरुवा घरआँगनमा रोपण गर्नका लागि सरकारले निःशुल्क रुपमा विरुवा उपलब्ध गराउने छ । काठमाडौँ जिल्ला वन कार्यालयका अनुसार एक हप्ता यता उपत्यकाका बिभिन्न स्थानमा आठ हजार विरुवा निःशुल्क वितरण गरिएका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना