प्लाष्टिकको विकासक्रम

ramchandra adhikari_1रामचन्द्र अधिकारी



प्लाष्टिकले मानव जीवनलाई केही सहुलियत अवश्य दिएको छ । जीवन यापनको स्थितिलाई केही सहज पारिदिएको छ । तथापि यो वस्तुले मानव र अन्य जीव अनि सिङ्गो वातावरणमा दिगो असर गरिरहेको छ । यसको प्रयोगलाई न्यूनीकरण गर्न सकिएन भने अबको विश्व अझै प्लाष्टिकआश्रित बन्दै जानेछ । यो कुरालाई मध्यनजर गर्दै संयुक्त राष्ट्रसङ्घको वातावरणीय कार्यक्रम (युएनइपी) ले यस वर्षको विश्व वातावरण दिवसको नारा ‘प्लाष्टिक प्रदूषणलाई धक्का दिऔँ’ राख्ने निर्णय गरेको छ ।
सन् १९७२ मा स्थापना भई १९७४ देखि हरेक वर्ष जुन ५ तारिखमा मनाइने विश्व वातावरण दिवसले वातावरणीय चेतना जगाउने उद्देश्य लिएको हुन्छ । यसपटक प्लाष्टिकको हानिबारेमा सर्वसाधारणलाई जानकारी दिई यसको उत्पादन र प्रयोगमा कमी ल्याउने प्रयास गरिएको छ ।
युएनइपीका अनुसार विश्वमा प्रत्येक वर्ष १० खर्ब वटा प्लाष्टिक झोलाको खपत हुन्छ । प्लाष्टिकका झोला भन्नाले पोलिथिन झोलादेखि लिएर बोरासम्म पर्छन् । त्यसैगरी अर्को तथ्याङ्क छ कि हरेक वर्ष १३ करोड टन प्लाष्टिक समुद्रमा पस्छ । गएको शताब्दीमा जति मात्रामा प्लाष्टिक उत्पादन भयो त्योभन्दा बढी गएको दशकमा उत्पादन भएको थियो ।
यसो त शताब्दीऔँ अघिदेखि मानिसले प्लाष्टिकको प्रयोग गर्दै आएका हुन् । सन् १२८४ मै प्लाष्टिकको उत्पादन भएको थियो । यो वस्तु खासमा फेनोल र फरमाल्डिहाइडबाट बन्ने हो । सुरुआतमा प्रकृतिमा पाइने विभिन्न वस्तुबाट प्लाष्टिक बनाइन्थ्यो तर पछि सिन्थेसिस विधिको आविष्कार भयो । सन् १९०७ मा अमेरिकाको न्यूयोर्कमा बस्ने बेल्जियन नागरिक लिओनेनड्रिक बिकल्याण्डले सिन्थेटिक प्लाष्टिक बनाए जुन आज हामी प्रयोग गर्दैछौँ । यसअघि सन् १९०० मा प्लाष्टिकको रसायनशास्त्रमा एउटा परिवर्तन आयो । १९२९ मा आइपुग्दा सिन्थेसिस, केसिन, बेकेलाइट, युरियाजस्ता वस्तुहरू उत्पादन भइसकेका थिए जुन प्लाष्टिकका आधार पदार्थ पनि हुन् । १९०९ मा दूधबाट प्लाष्टिक उत्पादन गर्ने सूत्र पत्ता लाग्यो । त्यसैअनुसार सेता प्लाष्टिक बने पनि । यो सूत्रको आविष्कार एरिनोइडले गरेका थिए तर यो विधि र चलन लामो समयसम्म रहिरहेन ।
सन् १९२२ मा स्टाउडिन्जर भनिने वैज्ञानिकले प्लाष्टिकको अन्तरवस्तु पत्ता लगाए । उनले प्लाष्टिक चाहिँ लामो चेनधारी अणुबाट बनेको हुन्छ भनेर व्याख्या गरेका छन् । त्यस आविष्कार बापतमा उनलाई सन् १९३५ को नोबेल पुरस्कार प्रदान गरिएको थियो ।
प्लाष्टिकको क्रमविकास निरन्तर चलिरहयो । सन् १९२४ मा आइपुग्दा पानीजस्तो सफा प्लाष्टिक बन्यो । जसलाई नेपालीमा पानी कागज भनिन्छ, प्लाष्टिकलाई पानी कागज (वाटर पेपर) भन्ने चलन अरू देशमा पनि थियो । यो काम रुसिटर नाम गरेका वैज्ञानिकले गरेका हुन् ।
प्लाष्टिक क्रान्ति सन् १९३० को दशकमा उर्लेर आयो । अब भने प्लाष्टिकको अन्तर्राष्ट्रिय औद्योगिक उत्पादन हुन थाल्यो । थ्री एम कम्पनीका नाममा उद्योग स्थापना भए । पहिलो उत्पादन सेलो टेप थियो । प्रथमपटक यो अमेरिकाबाट उत्पादन शुरु भएको थियो । प्लाष्टिकको उत्पादनको संस्थागत विकासका लागि समेत अब पहल हुन थालिसकेको थियो । विश्व बजारमा यसको महìव बढेको महसुस गरी अर्बपतिले लगानी यसतर्फ खन्याउन थाले । सन् १९३३ मा आइपुग्दा ब्रिटिस प्लाष्टिक फेडेरेशनको स्थापना भएबाट प्लाष्टिक अब संस्थागत विकासमा छि¥यो ।
साधारण घरायसी साधनको पूर्ति मात्र होइन, यो वस्तुले महँगा सवारीको छाना पनि छाउन थालियो । घरका छाना छाप्ने, पानीमा ओडा बनाउने पनि चलन बढ्यो । हुँदाहुँदै सन् १९३६ मा पर्सपेक्स नामको प्लाष्टिकले हवाईजहाजको छाना बनाइयो ।
अब लुगाफाटोतिर प्लाष्टिक सल्कियो । सन् १९३७ मा नै जर्मनीमा पोलिस्टीरिनको उत्पादन शुरु भयो जसबाट पोलिस्टरका लुगा बने । लगत्तै सन् १९३८ मा अमेरिकाले नाइलनको उत्पादन शुरु ग¥यो । यही सिलसिलामा अब टुथ ब्रसको आविष्कार भयो । यसमा पनि प्लाष्टिकले स्थान लियो । हालसम्म पनि यसले विकल्प पाएको छैन सन् १९३८ देखि ।
सबै विकसित देशको प्लाष्टिक निर्मित सामान बनाउने होडबाजी चल्न थाल्यो । सोही सवालमा बेलायतले १९३९ मा आएर पोलिथिन झोलाको आविष्कार गरी व्यावसायिक रूपमा बजार जमायो । जतिबेला विश्वयुद्धको सुरुआती चरण सन् १९४० मा युद्धमा प्लाष्टिकका गोली र बन्दुकसमेत बनाएर चलाएको इतिहास छ । अनि राडरको बाहिरी आवरणसमेत प्लाष्टिकबाटै बनिन थाले ।
प्लाष्टिक यस्तो वस्तु हो कि यसबाट नबन्ने कुनै चिज रहेन । जस्तै ः सुपर ग्लू । कुनै पनि च्यातिएका वा जोड्नुपर्ने वस्तुलाई अति नै छिटो गरी टाँस्ने काममा प्रयोग गरिन्छ । यो बनाउने पनि प्लाष्टिककै एउटा रूप मिथाइल साइनो एक्रेलेटबाट हो । सन् १९४२ मा यो वस्तु वैज्ञानिक डा. ह्यारी कुभरले पत्ता लगाएका हुन् ।
सन् १९५० देखि प्लाष्टिक मानिसका भान्साकोठामा प्रवेश ग¥यो, बच्चाका हातहातमा पुग्यो अनि बेडरुम पनि बाँकी रहेन । किनभने त्यही साल पोलिथिन ब्याग बन्यो, खेलौना र अरू लत्ताकपडा प्लाष्टिक निर्मित भई आए । १९५१ मा बेलायतले प्लाष्टिक प्रविधिमा सफलता पाएर एउटा खुशीयाली महोत्सव आयोजना ग¥यो ।
अब चाहिँ यो रङ्गरोगनतिर लाग्यो । घरका भित्तामा लगाएको रङ्ग केही महिनामै सखाप हुने गथ्र्याे, उड्ने र भिज्नेसमेत हुन्थ्यो । तर प्लाष्टिकले यसको समाधान दियो । प्लाष्टिकले बेरेको रङ्ग आउन थाल्यो । यसको अर्थ भित्तामा दलेपछि आफैँ बाहिरी तह प्लाष्टिकजस्तो भइआउने र नभिज्ने । यो १९६० को सफलता हो ।
संसारले औद्योगिक मात्र होइन सूचना सञ्चारमा पनि फड्को मार्न थालिसकेको थियो । फोन सेटहरू बनेका थिए–प्लाष्टिककै । बोकेर हिँड्न सकिने मोबाइल फोन पनि सुरुमै (सन् १९७९) प्लाष्टिकबाट बनेको नै आयो । बाहिरी वस्तु त बने बने अब मानिसको अङ्गसमेत प्लाष्टिकबाट बन्न थाल्यो । आँखा त उहिल्यै बनेको थियो तर स्वरूप मात्र दृष्टि चाहिँ नभएको । जसको आँखा बिग्रिएको हुन्छ त राम्रो देखिएन र थप असर पनि गर्छ भने यसले विस्थापित गर्ने । दाँत पनि बनिसकेको थियो । जसका दाँत झरे उसलाई प्लाष्टिकका दाँत बरदान नै साबित भए । अनुहार मिलेन वा कुनै कारणवश छालामासु चुडिँएर गयो वा अझै राम्रो र आकर्षक अनुहार देखाउनका लागि प्लाष्टिक सर्जरी गर्ने गरिएको छ । यो पद्धतिको आधारवस्तु प्लाष्टिक नै हो । सन् १९४२ मा मुटु बन्यो प्लाष्टिकको । यसले विश्वजगत्मा एउटा हलचल मच्चायो ।
प्लाष्टिकको उन्नति उत्तरोत्तर ढङ्गले भएको पाइन्छ इतिहासदेखि वर्तमानसम्म । किनभने यसले सबै क्षेत्र भ्याउँदै सन् २००० मा आइपुग्दा नानो प्रविधिमा स्थान जमाउन शुरु ग¥यो । विश्वविख्यात वैज्ञानिक संस्था नासाले पोलिथिनमाथि अनुसन्धान गरेको थियो र यसमा आरएफएक्स वान भनिने फाइदाप्रद पदार्थ फेला पा¥यो । यसैलाई प्रयोग गरेर मङ्गलग्रहमा रकेट पठायो । सारा पृथ्वी ढाकेर प्लाष्टिक अब मङ्गल ग्रहमा पनि पुगिसकेको छ । २००९ मा बनेको जहाज बोइङ ७८७ मा पूरै प्लाष्टिकको छाला वा बाहिरी ढकाइ छ ।
सन् २०१० मा राइस विश्वविद्यालय अमेरिकाका वैज्ञानिकले नौ मिलिमिटर गोलीरक्षक सामग्री पोलिमर
(प्लाष्टिकको आधार वस्तु) बाट बनाएका थिए ।
अरू त प्लाष्टिक वैज्ञानिकले रगत बनाउन सकिने अवधारणा प्रस्तुत गरिसकेका छन् । सेफिल्ड विश्वविद्यालयका अनुसन्धाताले रगत बनाउन सकिने कुरा प्रमाणित गर्नतिर लागिसकेका समाचार आइरहेका छन् । अब मस्तिष्कसम्बन्धीका घातक रोगबाट सुरक्षित रहनका लागि प्लाष्टिकजडित मस्तिष्क बनाउनतिर वैज्ञानिक लागेका छन् । १९२२ मा कतारमा हुन गइरहेको फिफा वल्र्डकपको रङ्गशालामा समेत पिभिसी
(प्लाष्टिककै रूप)का अधिकांश सामग्री प्रयोग हुँदैछन् ।
सुन्दा उपयोगी नै लाग्ने यो वस्तुको बाहिरी प्रयोग बढी भएर कहिल्यै नकुहिएर वातावरणमा समस्या ल्याएको हो । तसर्थ फाइदा एकातिर हुँदाहुँदै यसबाट भएको प्रदूषणलाई चाहिँ न्यूनीकरण गर्नैपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना