चौबीसै घण्टा नारायणगढ–मुग्लिन सडक सुचारु

शान्ता अधिकारी

चितवन, जेठ २४ गते । तराईसँग राजधानी काठमाडौं जोड्ने लाइफलाइनकारुपमा रहेको नारायणगढ–मुग्लिन सडक अब सहज हुने भएको छ । कुल ३६ किलोमिटर सडकमध्ये हाल विस्तारको काम भइरहेकोे ३३ दशमलब दुई किलोमिटर पहिलो तहको कालोपत्रे गर्ने काम मङ्गलबार राति सम्पन्न भएपछि आवतजावत सहज हुनेभएको हो ।
उक्त सडक आयोजनाका सूचना अधिकारी शिव खनालकाअनुसार पहिलो चरणको कालोपत्रेसंगै दैनिक बिहान १० वजेबाट अपराह्न ४ बजेसम्म सवारी रोकेर गरिदै आएको काम अब बुधबार देखि २४ घण्टा सञ्चालन हुने बनाइएको छ । सूचना अधिकारीले १६ सेन्टिमिटर कालोपत्रे गर्ने काम तीन चरणमा पूरा गरिने बताउनुभयो । pich
अधिकारीकाअनुसार ३२ दशमलब ७ किलोमिटर मध्ये १२ दशमलब ७ किलोमिटर सडक १६ सेन्टिमिटरनै कालोपत्रे सम्पन्न भएको छ । पहिलो र दोस्रो तहमा ६÷६ सेन्टिमिटर र तेस्रो तह ४ सेन्टिमिटर वाक्लो कालोपत्रे गरिएको छ ।
तीनवटा निर्माण कम्पनीले निर्माण सुरु गरेको पहिलोखण्ड आँपटारीदेखि दासढुङगासम्मको १० दशमलब ४५ किलोमिटर बीएल श्रेष्ठ जेभीले, दोस्रो खण्ड दासढुङ्गादेखि सिमलतालसम्मको १० दशमलव ६९ किलोमिटर उडहील लामा जेभीले निर्माण गरेको हो । त्यसैगरी सिमलतालदेखि मुग्लिनसम्मको १२ दशमलब १५ किलोमिटर तेस्रो खण्ड रौताहा जेभीले निर्माण गरेको हो ।
पहिलो चरणको कालोपत्रे काम सबै खण्डमा सकिएको र पहिलो र दोस्रो खण्डका काम करिव सम्पन्न भइसकेको भए पनि तेस्रो खण्डमा भने कालोपत्रे संगै सडक सुरक्षाकालागि बनाइने बार बन्धनको काम बाँकी रहेको उहाँले बताउनुभयो ।
दुई बर्षमा पूरा गर्नेगरी २०७२ बैशाख अर्थात २०१५ अप्रिलमा सम्झौता भएको उक्त सडकखण्ड पटक पटक गरी चौथो पटक मिति थप गरिएको थियो । चौथो पटक थप भएको मुग्लिन–नारायणगढ सडकको पहिलो खण्डको २०७५ बैशाख २७ गते, दोस्रो खण्डको जेठ ६ गते र तेस्रो खण्डको जेठ १६ गते सकिएको हो ।
सबै खण्डले पाँचौ पटक समय थपको लागि निवेदन दर्ता गराएका छन् । सूचना अधिकारीका अनुसार सडकको समग्र प्रगति ९१ दशमलव ५ प्रतिशत छ । काम थप गर्ने प्रक्रिया जारी छ ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक सन्तोष पन्तकाअनुसार कालोपत्रे गर्ने काम सम्पन्न भएसंगै पहिरो झर्ने र गाडी नबिग्रिएमा एक घण्टाभित्रमा सो सडक पार गर्न सकिने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना