भूकम्प प्रभावित बिस्थापितहरु अझै आवास पाएनन्


हेमनाथ खतिवडा

रसुवा, जेठ २४ गते । विनाशकारी भूकम्पबाट आफ्नो थातथलो गुमाएर बिस्थापित भएकाहरु अझैपनि आवास प्राप्त गरेका छैनन् । बिस्थापित बस्तीमा विद्यालय, स्वास्थ्यचौकी समेत नभएकोले आधारभुत आवश्यकताबाट समेत वञ्चित छन् ।
“तीनवर्ष बित्यो खै हामीले त आवासको अधिकार पाएनौं ।” सरकारले सुरक्षित घडेरी नभएका विस्थापितकालागि दुईलाख दिने निर्णय गरेपनि आफुहरुले नपाएको विस्थापित क्याम्पका अगुवा पर्मा तामाङले बताउनुभयो ।
अधिकांश विस्थापितको दुई लाख पाउने सूचिमा नाम निस्केन । यसअघि पनि बिस्थापितलाई बसाउने भनेको खाल्टेमा छाप्रा हालेर बस्न थालेको विस्थापित क्याम्पका अर्का अगुवा छेकु लामाले बताउनुभयो । बस्ती स्थानान्तरण गर्ने हल्ला, छलफल, बैठकमात्र भयो उहाँले भन्नुभयो, “हामी तत्कालका लागि यही बस्छौं ।”
खल्टेमा बस्ती बसाउने भनेपनि भूगर्भविद्ले त्रिशूली नदिले काट्नसक्ने भन्दै त्यहाँ बस्ती स्थानान्तरण गर्ने योजना स्थगित भएको थियो । त्यहाँ अहिले २ सय ५९ परिवार अस्थायी आवास बनाएर बस्दै आएका छन् ।
अझैपनि हाम्रो आवासको अधिकार सुरक्षित हुने देखिएन स्थानीय बुटी तामाङले भन्नुभयो “कहाँ बस्ने हो, चिन्ताले बिस्थापित छटपटीमै तीनवर्ष बित्यो ।” तीन वर्षदेखि विस्थापित रसुवा जिल्लाका भूकम्प प्रभावित बिस्थापितको बास अझै टहरामै छ । Khalte IDP Camp
भूकम्प गएको तीनवर्ष बितिसक्दा पनि हाकु र डा“डा गाउ“बाट विस्थापित भएका भूकम्प प्रभावितहरु अझै पुनःस्थापित भएका छैन्न । पुनःस्थापित नहु“दा विस्थापित भूकम्प पीडितहरूको दैनिकी कष्टकर बन्दैगएको छ ।
भूकम्पले गर्दा थातथलोमा पहिरो गएपछि आफ्नो पुख्र्यौली गाउ“ छाडेर विस्थापित भएका पीडितहरू बोगटीटार, खाल्टे, नौबिसे, नुवाकोटको शान्तिबजार र सिम्बुटार लगायत विभिन्न स्थानमा बस्दै आएका छन् ।
साविकको हाकु र डा“डागाउ“ गाविसबाट विस्थापितहरु जिल्लाको उत्तरगया गाउ“पालिका बोगटीटार र खाल्टेबगरमा अझै अस्थायी टहरा निर्माण गरी बस्दै आएका छन् । नुवाकोटको पीपलटार ८६ र शान्ति बजार ३० परिवार बिस्थापितहरु बसोबास गदै आएका छन् ।
बस्ती सुरक्षित स्थानमा स्थानान्तरण हुने आसैआसमा तीन वर्ष बित्यो न गाउ“ फर्कन सक्ने अवस्था छ, न सरकारले व्यवस्थित गरेर राख्छ, अस्थायी टहरा मै बित्ने भयो जिन्दगी, भूकम्प पीडितहरूको गुनसो छ ।
राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले रसुवा जिल्लाको जाेिखमयुक्त बस्तीमा परेका ८ सय ४४ परिवारको नाम लाभग्राही सूचिमा समावेश छ । त्यसमध्ये अहिले सम्म ३०३ परिवारले पुनर्बास प्रक्रिया पूरागरी राष्ट्रिय पुननिर्माण प्राधिकरण जिल्ला समन्वय समिति सचिवालय रसुवाका प्रमुख कृष्णकान्त उपाध्यायले बताउनुभयो ।
‘विस्थापित भूकम्पपीडित परिवार राख्नकालागि जिल्लामा उपर्युक्त जग्गाको अभाव छ,’ उहाँले भन्नुभयो, “पर्याप्त र उपयुक्त जग्गाको अभावहु“दा विस्थापितलाई पुनःस्थापित गर्न ढिलाइ भएको हो ।” अहिले जग्गा खोज्ने काम भइरहेको उहाँले जानकारी गराउनुभयो ।
उत्तरगया गाउँ पालिका अध्यक्ष उपेन्द्रराज लम्सालकाअनुसार खाल्टेमा रहेको बिस्थापित बस्ती तिरुमा स्थानान्तरण गर्ने तयारी भएको छ । तिरुमा एकीकृत बस्ती विकास गर्ने तयारी भएकोले त्यहाँ सडक बिस्तार गरेर एकीकृत बस्ती निर्माण गर्ने कुरा भएको लम्सालले बताउनुभयो ।
स्वेच्छिक स्थानान्तरणमा जाने विस्थापित परिवारलाई घडेरीयोग्य जग्गा खरिद गर्न सरकारले दुई लाख रुपियाँ अनुदान उपलब्ध गराउ“दै आएको छ । जोखिमयुक्त बस्तीमा परेका र नेपालभर बसोबास योग्य घरजग्गा नभएको भनी स्थानीयतहले सिफारिस गरेपछिमात्र विस्थापित परिवारले दुई लाख पाउ“छन् । स्वेच्छिक स्थानान्तरणमा जाने विस्थापित परिवारले घडेरी योग्य जग्गा आफंै खोज्नुपर्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना