निर्वाचन आयोगको राजपालाई पत्र ‘असार भित्रै महाधिवेशन गर’

Rajapaकाठमाडौ जेठ २५ गते । निर्वाचन आयोगले आसार मसान्तभित्र महाधिवेशन गरेर त्यसको जानकारी दिन राष्ट्रिय जनता पार्टी नेपाललाई पत्र पठाएको छ । पार्टी एकीकरण गर्दा तयार पारेको विधानको धारा २२ को उपधारा (१०)मा एक वर्ष भित्र केन्द्रीय महाधिवेशन गर्ने व्यवस्था राजपाले गरेको थियो । २०७४ असार ३० गते पार्टी एकीकरण गरेको राजपाले यही व्यवस्थाअनुसार २०७५ असार मसान्त भित्र महाधिवेशन सम्पन्न गर्नुपर्छ ।
निर्वाचन आयोगले विहिवार राजपालाई पत्र लेखि पार्टी विधानअनुसारको व्यवस्था पूरा गरी असार मसान्त भित्र महाधिवेशन गर्न पत्राचार गरेको हो । २०७४ वैशाख ७ गते पार्टी एकीकरण भएपछि राजपा नेपालले त्यसको जानकारी आयोगलाई दिंदा एक वर्षभित्र महाधिवेशन गर्ने प्रस्ताव विधानमार्फत गरेको थियो । एक वर्ष वित्न लाग्दा पनि राजपा नेपालले महाधिवेशनका लागि चासो नदेखाएपछि आयोगले पत्राचार गरेको हो ।
उता महाधिवेशनका बारेमा छलफल गर्न राजपाले शुक्रवार बोलाएको राजनीतिक समितिको बैठक पनि स्थगित गरेको छ । प्रदेश २ मा नीति तथा कार्यक्रम प्रस्तुत हुने भएपछि राजनीतिक समितिको बैठक स्थगित भएको जानकारी दिइए पनि पार्टीभित्रको विवादका कारण बैठक स्थगित भएको दावी स्रोतले गरेको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना