प्रधानन्यायाधीश नियुक्ति सम्वन्धि रिट निवेदन खारेज

supremकाठमाडौँ, जेठ २५ गते । प्रधानन्यायाधीश नियुक्तिको माग गर्दैै सर्वोच्च अदालतमा दायर भएका दुई रिट निवेदन खारेज भएका छन् । न्यायाधीश चोलेन्द्रशमशेर जबराको एकल इजलासले नियुक्ति पूर्व अनिवार्य रहेको संसदीय सुनुवाइ गठन नभइसकेको अवस्थामा सिफारिसको आदेश दिनु उपयुक्त नभएको भन्दै रिट खारेज गरेको हो । प्रारम्भिक सुनुवाइबाटै रिट निवेदन खारेज भएका हुन् । 

संवैधानिक प्रावधान अनुसार प्रधानन्यायाधीश रिक्त हुनुभन्दा एक महिनाअघि नै सिफारिस गर्नुपर्ने व्यवस्था भए पनि रिक्त भएको लामो समयसम्म पनि सिफारिस नभएको भन्दै दुई वटा रिट निवेदन दर्ता भएका थिए । अधिवक्ता सन्तोष भण्डारीले जेठ ६ गते र लक्ष्मीप्रसाद पोखरेलले जेठ १६ गते रिट दायर गर्नुभएको थियो ।
चैत १ गते तत्कालीन प्रधानन्यायाधीश गोपाल पराजुलीले राजीनामा दिनु भएपछि सर्वोच्च अदालत नेतृत्वविहीन छ । राजीनामाअघि पराजुलीलाई २०७४ साउनदेखि नै अवकाश पाउनेगरी न्याय परिषदले पत्र दिएको थियो । फागुन ३० गते पत्र पाएपछि पराजुलीले राजीनामा दिनुभएको थियो । पराजुलीले राजीनामा दिएपछि दीपकराज जोशीले कायम मुकायम प्रधानन्यायाधीशका रूपमा काम गर्दै आउनुभएको छ ।
न्यायपरिषदले प्रधानन्यायाधीशका लागि तीन जना वरिष्ठ न्यायाधीशको नाम संवैधानिक परिषद्मा पठाए पनि सिफारिस हुन सकेको छैन । परिषद्ले चैत १३ गते दीपकराज जोशी, ओमप्रकाश मिश्र र चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा पठाएको थियो । तीनमध्ये एकलाई संवैधानिक परिषद्ले प्रधानन्यायाधीशका लागि सिफारिस गर्नेछ । यसअघि वरिष्ठताका आधारमा प्रधानन्यायाधीश सिफारिस हुँदै आएको छ । सोही प्रचलन अनुसार जाीशको नाम पहिलो नम्बरमा छ ।
केसीलाई वारेस अनुमति
सर्वोच्च अदालतले अदालतको अपहेलना मद्दामा डा. गोविन्द केसीलाई वारेस अनुमति दिएको छ । कायम मुकायम प्रधानन्यायाधीश दीपकराज जोशीसहितको सात सदस्यीय बृहत् पूर्ण इजलाससले केसीलाई वारेस अनुमति दिएको हो ।
यसअघि सर्वोच्चले केसीलाई बयानका लागि स्वयं उपस्थित हुन आदेश दिएको थियो । आदेश अनुसार डा. केसीलाई अनशनस्थलबाटै प्रहरीले बयानका लागि पक्राउ परेको थियो । वारेस अनुमति पाएपछि केसीले अब मुद्दाको बाँकी प्रक्रियामा सहभागितका लागि आफ्ना कानुन व्यावसायी वा अन्य व्यक्तिलाई अनुमति दिन पाउनुहुनेछ ।
जोशीसहित न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्र शमशेर जबरा, दीपकुमार कार्की, केदारप्रसाद चालिसे, शारदाप्रसाद घिमिरे र मीरा खड्काको बृहत् पूर्ण इजलास गठन भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना