भाइब्राण्ट तामिलनाडु एक्स्पो एण्ड समिट २०१८ हुँदै

काठमाडौं, जेठ ३१ गते । विभिन्न खानाको परिकार, उत्पादन, व्यवसायलगायतका विषयमा जानकारी दिने उद्देश्यले आगामी साउन अन्तिम साता भारतको तामिलनाडुस्थित मधुराईमा ‘भाइब्राण्ट तामिलनाडु एक्स्पो एण्ड समिट २०१८’ खाना संस्करण आयोजना हुने भएको छ ।
आगामी साउन २७ देखि ३० गते (१२ देखि १५ अगष्ट २०१८) सम्म आयोजना हुने एक्स्पोमा कृषिजन्य वस्तु, तिनको उत्पादन प्रक्रिया र तामिलनाडुमा उत्पादित मौलिक उत्पादनहरूको बृहत प्रदर्शनीमा खाद्य उत्पादन, औद्योगिकरणदेखि बजारीकरणसम्मका कुरालाई प्रदर्शनीका लागि राखिने आयोजक भाइब्राण्ट तामिलनाडु एक्स्पो एण्ड समिट २०१८ का प्रबन्धक राखी लखवानीले बताउनुभयो ।
एक्सपोमा तामिलनाडुका स्थानीय रैथाने खाना, बेकरी र कन्फेक्सनरी, नरिवल र यसका उत्पादन, फ्रोजन फुड, किचनवेयर, आँप र यसको जुस, दुध र दुग्धजन्य उत्पादन, कोदो र कोदोबाट बनेका उत्पादन, अचार, मह, पापाड, पोल्ट्री र गाइवस्तुका लागि चाहिने दाना, चामल, हल्का पेय पदार्थ, मसला, नुन र चिनी, चकलेट, चिया र कफी, तरकारी र फलफुललगायतका उत्पादन प्रदर्शनीमा राखिने छन् । खाद्य क्षेत्रमा देखिएका समस्या, चुनौति र सम्भावनाहरुका विषयमा अन्तरक्रिया समेत आयोजना गरिने बताइएको छ ।
अन्तराष्ट्रिस्तरको चार दिने सो एक्स्पोमा भारतलगायत अन्य १० मुलुकका सम्बन्धित विज्ञ तथा सरोकारवालाहरुले प्रस्तुति राख्नेछन् भने छुट्टाछुट्टै सेमिनार तथा अन्तरक्रिया, एमओयु साइनिङ, बीटुबी तथा बीटुजी मिटिङ, सम्बन्धित उद्योग अवलोकनलगायतका आकर्षण रहेको उहाँले बताउनुभयो ।
एक्स्पोमा नेपालबाट पनि निजी तथा सरकारी क्षेत्रबाट प्रतिनिधित्व हुन लागेका आयोजक पक्षले जनाएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना