श्रमजीवी ऐन कार्यान्वयन पक्ष फितलो


मधुसुधन तिमल्सिना

काभ्रे, असार  २ गते  । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले श्रमजीवी पत्रकार ऐन कार्यान्वयनलाई प्रभावकारी बनाउन सबै पक्षबाट ध्यान दिन आवश्यक रहेको बताउनुभएको छ । श्रमजीवी पत्रकार ऐनको कार्यान्वयन एक पक्षबाट मात्र सम्भव नभएकाले सबै पक्षको सहयोग आवश्यक रहेको उहाँको भनाइ थियो ।
न्यूनत्म पारिश्रमिक निर्धारण समितिले शुक्रबार धुलिखेलमा गरेको प्रदेशस्तरीय श्रमजीवी पत्रकार ऐन कार्यान्वयनमा समस्या र समाधानका उपायहरू विषयक अन्तरक्रिया कार्यक्रममा मन्त्री बाँस्कोटाले श्रमजीवीको पक्षमा आफू पूर्ण सहमत रहेको बताउनुहुँदै तत्काल आवश्यक ऐन निर्माणमा प्राथमिकता दिन सरोकारवालाहरुको ध्यानकर्षण गराउनुभयो । sanchar mantri dhulikhel2 (1)
उहाँले भन्नुभयो “अब भाषण र बोलीमा मात्र कुरा नउठाउनुहोस्, के के कानुन तत्कालका लागि चाहिने हो त्यो त्यो लागू गराऔँ । बहसलाई कानुनतर्फ बदल्ने छलफल गरौँ ।”
उहाँले श्रमजीवी ऐन कार्यान्वयन पक्ष फितलो भएकाले यसको पुनःसंरचना वा भएकामध्ये कसलाई अधिकार सम्पन्न बनाएर दिन सकिन्छ त्यसतर्फ पनि सोच्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
ऐन मात्र बनाएर भएन यसको कार्यान्वयन भए नभएको हेर्ने निकाय अधिकार सम्पन्न नहुँदा समस्या देखिएको छ । मन्त्री बाँस्कोटाले भन्नुभयो, ‘यसका लागि काउन्सिललाई बलियो बनाएर लैजाने वा श्रम अदालत जाने या काउन्सिललाई अर्ध अदालत बनाएर लैजाने । यो विषयमा छिटो गरौँ ढिलो नगरौँ भन्ने हो ।’
कार्यक्रमा नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द्र आचार्यले भन्नुभयो “तीन कारणले समस्या रहेको छ । पहिलो नियुक्ति पत्र नलिइ काम गर्ने पत्रकारका कारण, दोस्रो मिडिया सञ्चालक जति लगानी गरे पनि श्रमजीवीलाई शोषणमा राख्न चाहन्छ र तेस्रो राज्यपक्ष जसले रजिष्टारलाई अधिकार दिएको छ तर समस्याको समाधानका लागि श्रम कार्यालयलाई चिठी लेख्न सक्दैन ।” उहाँले कुनै निश्चित कार्यालयलाई अनुगमन र कारवाहीको अधिकार पूर्ण दिन सके मात्र श्रमजीवी पत्रकार पूर्ण कार्यान्वयन हुने बताउनुभयो ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका पूर्वअध्यक्ष डा. सुरेश आचार्यले पत्रकारहरु जति पैसा भए पनि काम गर्न जाने र वर्षाैं वितिसक्दा समेत तलब नलिई काम गर्ने समस्या पुरानो भएकाले पत्रकार र सञ्चार माध्यम दुवैका कारण ऐन कार्यान्वयनमा समस्या भएको बताउनुभयो ।
न्युनतम पारिश्रमिक निर्धारण समितिका अध्यक्ष गंगाधर पराजुलीले सबै सञ्चारमाध्यमहरुमा श्रमजीवी ऐन कार्यान्वयनका लागि खवरदारी गरेको बताउनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना