टेलिभिजन प्रसारणको भार  

narendraman shresthaनरेन्द्रमान श्रेष्ठ

 

पछिल्लो समयमा टेलिभिजनमा च्यानलहरू एनागलबाट डिजिटल प्रविधिमा गइसकेका छन् । अब टेलिभिजन च्यानलहरू हेर्नको लागि सेटअप बक्स राख्नुपर्ने भइसकेको छ । नत्र टि भि प्रसारण हेर्न नपाउने भएकोले दर्शकहरूको लागि टेलिभिजन च्यानल हेर्न महँगंो हुँदै गइरहेको छ । सेटअप बक्स राख्नपर्ने भएकोले गर्दा आर्थिक भार बढेको देखिन्छ भने कतिपय केवल लाइनहरूले समयमा सेटअप बक्स पनि दिन नसकेको अवस्था छ ।
त्यसो त कतिपय सेटअप बक्स नराख्ने दर्शकहरूको लागि फाइदा पनि भइरहेको होला । विदेशी टिभि नआएकोले कतिपयले समयमा खान पाएका छन्, तर पनि हामीले पनि सेटअप बक्स राख्न प¥योे भनेर श्रीमतीलगायत परिवार सदस्यले त्यही बेला किचकिच कचकच् गरिरहेका छन् । सायद यो समस्या धेरै घरमा भइरहेको छ । भन्नुपर्दा, डिजिटलले विदेशी टि भि च्यानलका दर्शकहरूलाई एक किसिमको आतङ्क नै सिर्जना ग¥यो । त्यसो त विश्वमा पछिल्लो समयमा नयाँ नयाँ प्रविधिहरूको विकास र प्रयोग भइरहेको छ । नयाँ नयाँ प्रविधिहरूको प्रयोग समयको पनि माग हुन सक्छ । टेलिभिजन च्यानलहरू पनि डिजिटल हुनु राम्रो हो । यसले सफा कार्यक्रम हेर्न पाउँछन् दर्शकहरूले तर तिनलाई आर्थिक भार पर्ने भएकोले दुइटै–एनालग र डिजिटल प्रयोग गर्न दिनुपर्छ भन्ने धेरै दर्शकको भनाइ देखिन्छ ।
विगतमा विदेशी टि भि च्यानल हेर्नको लागि घरको छानोमा एण्टेना ठड्याउन र सफा दृश्य कार्यक्रम हेर्न बेला बेलामा एण्टेना मिलाउनु पर्दथ्यो तर अहिले शुल्क तिरेरै भए पनि राम्रोसँंग विदेशी टि भि च्यानलहरू हेर्न पाइरहेका छन् दर्शकहरूले ।
नयाँ नयाँ प्रविधिको प्रयोगले भने दर्शकहरूमा आर्थिक भार पर्ने गरिरहेको छ । देशको करोडौँ रकम विदेशमा गइरहेको छ । यसमा भने सरोकारवालाहरूले विशेष ध्यान दिनपर्ने देखिन्छ । कतिपय दर्शकहरूको लागि तीन चार वटासम्म पनि सेटअप बक्स राख्नपर्ने पनि भइरहेका छन् । पछिल्लो समयमा एउटै घरमा प्रत्येक कोठामा टिभि सेटहरू भइसकेका छन् । अहिले छुट्टा छुट्टै टि भि को लागि अलग अलग सेटअप बक्स राख्नुपर्ने भएको छ भने यसको लागि महिनैपिच्छे सेटअप बक्सपिच्छे अलग अलग शुल्क तिर्नुपर्ने भएकोले कतिपय दर्शकहरूको लागि डिजिटल प्रविधि एकदम महँगंो भएको छ । सेटअप बक्स ‘नखाउँ भने दिनभरको शिकार खाउँ भने ...को अनुहार’ भनेजस्तै भइरहेका छन् ।
देशमा थुप्रै नेपाली टि भि च्यानलहरू प्रसारण भइरहेका छन् । नेपाली र नेवारी (नेपाल) भाषाका २० वटा च्यानलभन्दा बढी नेपाली टि भि च्यानलहरू प्रसारण भइरहेका छन् । देशमा नै विभिन्न विषयमा विविध नेपाली टि भि च्यानलहरू –मनोरजनात्मक, कृषि, धार्मिक, आर्थिक, समाचार केन्द्रित च्यानलहरू छन् । तर पनि कतिपय नेपाली दर्शकहरू विदेशी च्यानल खासगरी हिन्दी च्यानलहरूप्रति आशक्त छन् । हिन्दी टेलिसिरियल नहेरी खाएको नै नपचेको जस्तो गर्ने नेपाली दर्शकहरू छन् । त्यसो त नेपाली टि भि च्यानलहरूले दर्शकलाई आकर्षित गर्न नसकेका र कार्यक्रम मन नपराएको हो कि वा नेपाली टिभि च्यानलहरूले दर्शकहरूको रुचिका विषयमा कार्यक्रमहरू बनाउन नसकेका हुन् कि ? प्रश्न छ ।
घरघरमा टिभिका दर्शकहरू धेरैजसो गृहिणी– महिला, केटाकेटी नै हुने गरेका छन् । खासगरी हिन्दी टि भि च्यानलहरूले यिनै दर्शकलाई लक्षित गरी कार्यक्रमहरू प्रसारण गर्ने गरिरहेका छन् । यसले पनि दर्शकहरू उतापट्टि आकर्षित भएका हुन कि ?
नेपालमा विभिन्न विदेशी च्यानलहरू प्रसारण भइरहेका छन् । यी च्यानलहरू केवल लाइन मार्फत प्रसारित छन् । केवल लाइनबाट विदेशी टि भि हेर्ने दर्शकहरूले केही शुल्क तिर्नपर्ने हुन्छ । नेपालीको कमाइ टि भिको नाममा, मनोरञ्जनको नाममा महिनैपिच्छे करोडौँ रुपिँया बराबर विदेश गइरहेको छ । त्यसमा पनि अहिले फेरि एनालगको सट्टा डिजिटल जडान गर्नपर्ने बाध्यताले गर्दा दर्शकहरूलाई बढी आर्थिक भार पर्ने देखिन्छ । एनालगबाट डिजिटलमा जाँदा सेटअप बक्स जडान गर्नपर्ने हुन्छ भने सेटअप बक्सको लागि अलग्गै शुल्क तिर्न पर्छ । महिना महिनामा रिचार्ज पनि गरिरहन पर्ने हुन्छ । सेटअप बक्सको पनि केवलवालाहरूले न्यूनतम रु पाँच सयदेखि रु तीन हजारभन्दा बढीमा बिक्री गरिरहेका छन् । सेट टप बक्सको मूल्यमा पनि समानता छैन । एनालगमा एउटै लाइनबाट दुई तीनवटा टि भि हेर्न सकिन्छ भने सेटअप बक्स राख्दा एउटा बक्सले एउटा टि भि मात्र हेर्न सकिन्छ । परिवारमा दुई तीनवटा टि भि हेर्ने गरिरहेका छन् भने सेट टप बक्स पनि अलग अलग नै राख्नपर्ने हुन्छ । रि–चार्ज पनि अलग अलग नै गर्नपर्ने हुन्छ । यसले गर्दा विदेशी टि भि च्यानल हेर्ने दर्शकहरूमा आर्थिक भार बढी पर्ने र सेटअप बक्सका कारण पनि देशको करोडौं रकम विदेशिने देखिन्छ ।
इन्टरनेशनल टेलिभिजन एकाइ– आइ टी यू ले नै एनगल प्रविधिलाई विस्थापित गरी डिजिटल प्रविधि लागू गर्नपर्ने नियम लागु गरेको थियो । तर पनि हाम्रोजस्तो देशका लागि एनालग र डिजिटल दुवै प्रयोगमा राखिराख्न पर्ने धेरैजसो दर्शकहरूको भनाइ देखिन्छ । कतिपय दर्शकहरूको भनाइमा आफ्नो रुचि र क्षमता अनुसार हेर्न पाउनपर्ने भनाइ हुन्छ । ग्राहक–दर्शकहरू पनि कम बाठाका छैनन् । एउटा केवल लाइन लिएर आफ्नो घरमा भाडामा बस्नेलाई मात्र नभई छरछिमेकीलाई पनि लाइन दिएर फाइदा लिन्छन् । यसले केवलवालाहरूलाई त नोक्सानी नै हुन्छ भने राजस्वमा पनि नकारात्मक असर पर्ने हुन्छ । भन्नलाई त हामी सरकार, नेता, राजनीतिक दलहरूले मात्र नागरिकहरलाई ठग्छन् भन्ने गर्छौं तर आफैं यस्तो व्यवहार गर्छौं । डिजिटलमा गएपछि यस्तो हुने सम्भावना रहँदैन भनेर पनि सरोकारवालाहरू बताउँछन् तर पनि चोरको हजार दाउ भन्ने उखान पनि त छ नि !
विदेशी टि भि च्यानलहरूप्रति आकर्षित दर्शकहरूलाई नेपाली टि भि च्यानलप्रति आकर्षण गर्न सकिए पनि स्वदेशी च्यानलहरूको लागि लाभदायक हुनेछ । नेपाली च्यानलहरूले कार्यक्रम निर्माण गर्दा सबै वर्गका दर्शकहरूलाई ध्यानमा राखेर उनीहरूको चाहना र रुचि अनुसारको स्तरीय कार्यक्रमहरू निर्माण गर्नुपर्छ । यसमा सरोकारवालाहरूले ध्यान दिनुपर्ने देखिन्छ । नेपाली दर्शकलाई स्वदेशी टलिभिजन कार्यक्रमप्रति आकर्षित गर्न सकेमा टेलिभिजन च्यानलहरूको व्यापार पनि बढ्ने, विज्ञापनको बजार पनि बढ्ने र सम्बन्धित सरोकारवालाहरूलाई फाइदा पुग्ने देखिन्छ । यसले स्वदेशी भाषा, संस्कार–संस्कृति, सीप, कलाको पनि प्रवद्र्धन हुनेछ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना