कमलामाई मन्दिरमा सोलार जडान

गोरखापत्र समाचारदाता
काठमाडौँ, असार ७ गते । प्रसिद्ध कमलामाई मन्दिरमा चार लाख ४५ हजार रुपियाँ लागतमा सोलार सिस्टम जडान गरिएको छ । बरिष्ठ समाजसेवी उज्ज्वल विक्रम थापाको सहयोगमा सो सिस्टम जडान गरिएको हो ।
सिन्धुली ट्रष्टका अनुसार, मन्दिरको सुरक्षासाथै धार्मिक पर्यटकीय क्षेत्र प्रवद्र्धनका लागि फ्लग लाइटसहित एलइडी पाइप लाइट जडान गरिएको हो । सोलार सिस्टमको उद्घाटन गर्दै समाजसेवी थापाले भन्नुभयो–“भाषणले देश विकास नहुने भएकाले युवाको सहभागिता र सक्रियतामा मुलुकले समृद्धिको बाटो समात्ने को बाटो समात्ने छ ।”
उहाँले आफ्नो गाउँको विकासका लागि आफैँले प्रयत्न गर्नुपर्नेमा जोड दिदै स्थानीयवासीको सहभागिताले नै विकासले गति पाउने बताउनुभयो ।
कार्यक्रममा कमलामाई नगरपालिका वडा नम्बर ५ का अध्यक्ष पूर्णबहादुर खड्काले प्रसिद्ध कमलामाई मन्दिरमा सोलार जडानसहित मन्दिर सुरक्षा र सुन्दरताका लागि बत्ती राखिएकामा समाजसेवी थापालाई धन्यवाद दिदै मन्दिरलाई पर्यटकीय क्षेत्र बनाउन अधिकतम प्रयत्न गरिने बताउनुभयो ।
कार्यक्रममा रेन्बो संगीत पाठशाला र नयाँ चौतारी युवा क्लव चियाबारीले भजन प्रस्तुत गरेका थिए ।
पुजारी विष्णु प्रसाद कोइरालाका अनुसार, सो मन्दिरमा माघ फागुनमा भाकल लिएर पूजा गर्न आउने भक्तजनको बढी भीड हुन्छ । मन्दिरमा बोका, पाठी, परेवा र हाँसको बली चढाइने गरिएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना