युरोपेली संघले प्राकृतिक विज्ञान सङ्ग्रहालयलाई कम्प्युटर प्रदान

tu final

गोरखापत्र समाचारदाता-
काठमाडौं, असार ८ गते । युरोपेली संघका राजदूत भेरोनिका कोदीले प्राकृतिक विज्ञान सङ्ग्रहालयलाई  ११ वटा कम्प्युटर प्रदान गर्नुभएको छ । त्रिभुवन विश्वविद्यालय मातहतमा रहेको स्वयम्भुस्थित उक्त सङ्ग्रहालयको तथ्याङ्क राख्न बिहीबार सङ्ग्राहलय परिसरमा प्रमुख प्रा.डा. धर्मराज डंगोललाई उक्त कम्प्युटर प्रदान गरिएको हो ।
करिब ४२ वर्षअघि स्थापित यस संस्थामा ५० हजारभन्दा बढी बनस्पति र वन्यजन्तुका नमूना र अवशेष सङ्ग्रहित छ । राजदूत कोदीले प्राकृतिक विज्ञान सङ्ग्राहलयलाई आउँदा दिनमा सहयोग गर्ने बाचा गर्दै सूचना सञ्चारको अहिलेको युगमा सङ्ग्रहालयलाई ब्यवस्थित गर्न, अनुसन्धान गर्न केही सहज हुने बताउनुभयो ।
सङ्ग्रहालयका प्रमुख डंगोलले सहयोगको बहुआयमिकता भएको चर्चा गर्नुहुँदै युरोपेली संघ र प्राकृतिक विज्ञान सङ्ग्रहालयबीच आउने दिनमा सहयोग आदानप्रदान हुने बताउनुभयो । सङ्ग्रहालयका वनस्पतिविद् प्रा.डा. निर्मला प्रधानले विभिन्न निकायको सहयोगले नेपाललाई बनस्पति र जीबका अवशेष संरक्षण गर्न थप ऊर्जा मिलेको धारणा राख्नुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना