जिल्ला न्यायाधीशमा २२ जना सिफारिस

काठमाडौँ, असार ९ गते । न्याय परिषद्ले न्याय, कानुन र सरकारी वकिल समूहबाट २२ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गरेको छ । संविधानको धारा १४९ अनुसार न्याय परिषदले न्यायाधीश सिफारिस गरेको हो । परिषद अध्यक्ष एवं प्रधानन्यायाधीशले सिफारिस कार्यान्वयन गर्ने संवैधानिक व्यवस्था छ ।
सिफारिस भएकामध्ये न्याय सेवा समूहका १४ जना हुनुहुन्छ । यस्तै सरकारी वकिलबाट पाँच र कानुन समूहबाट तीनजना हुनुहुन्छ । सिफारिसमा पर्नेमा सरकारी वकिलबाट सुदर्शन लामिछाने, टिकेन्द्र दाहाल, राजेशकुमार कटुवाल, मणिराज न्यौपाने र दुर्गा खड्का हुनुहुन्छ । यस्तै, कानुन समूहबाट खिमानन्द भुसाल, माधवप्रसाद सुवेदी र चन्द्रकान्त पौडेल हुनुहुन्छ ।
यस्तै न्याय समूहबाट वसन्तजंग अधिकारी, चाणकमणि अर्याल, कपिलमणि गौतम, विदुर काफ्ले, ध्रुवकुमार उप्रेती हुनुहुन्छ । यस्तै, देवप्रसाद योगी, दिलप्रसाद सापकोटा, श्यामलाल घिमिरे, प्रेमप्रसाद न्यौपाने, प्रल्हादकुमार योगी, दिनबन्धु बराल हुनुहुन्छ । यस्तै, दण्डपाणि लामिछाने र गीता श्रेष्ठ पनि सिफारिसमा पर्नुभएको छ । महिलाबाट सिफारिस हुनेमा गीता श्रेष्ठ, दुर्गा खड्का हुनुहुन्छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds