विदेशी नागरिक अनुगमन निर्देशिका जारी

देवबहादुर कुँवर

काठमाडौं असार १३ गते ।  नेपाल भ्रमणमा आउने विदेशी नागरिकको गतिविधिलाई निगरानीमा राख्न सरकारले विदेशी नागरिक अनुगमन निर्देशिका जारी गरेको छ । निर्देशिका कार्यान्वयनमा आएसँगै भ्रमणको उद्देश्यभन्दा फरक काम गर्नेलाई कानुनी दायरामा ल्याउन सहज हुने अपेक्षा गरिएको छ ।
उनीहरूको नेपाल प्रवेशसँगै प्रवेशाज्ञा प्रक्रिया, उपस्थिति, बसाइ, पदयात्रा र प्रस्थानलाई व्यवस्थित एवं सरलीकृत बनाउन अनुगमन निर्देशिका उपयुक्त हुने अपेक्षा गरिएको छ । भिजिट (भ्रमण) भिसाका नाममा व्यापार व्यवसाय गर्ने, समाजसेवाका नाममा जासुसी तथा धर्म परिवर्तन गर्न लगाउने, लुकिछिपी बस्ने र कुटनीतिक मर्यादामा नबस्नेहरूलाई फिर्ता पठाउनेसम्मको कानुनी व्यवस्था गरिएको छ ।
यो निर्देशिकाले विदेशी नागरिकको विषयमा सूचना लिनेदेखि कारवाही गर्नेसम्मको अधिकार प्रत्यायोजन गरेको छ । अध्यागमन विभागका महानिर्देशक दीपक काफ्लेले शंका लागेमा जिल्ला प्रशासन कार्यालयले नै कानुनी कारवाही गर्नसक्ने ब्यवस्था गरिएको बताउनुभयो ।
विभिन्न उद्देश्य तथा योजना बनाएर नेपाल आउने विदेशी नागरिकको हरेक गतिविधिमाथि अनुगमन गर्ने अधिकार समेत प्रमुख जिल्ला अधिकारीलाई प्रत्योजन गरेको छ । उहाँले निर्देशिका कार्यान्वयनमा आईसकेपछि त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कक्षलाई अत्याधुनिक प्रविधिमैत्री (ई–गेट) बनाउने प्रयास गरिएको बताउनुभयो । सरकारले यसअघि अध्यागमन सुधार रणनीति योजना जारी गरिसकेको छ ।
निर्देशिका कार्यान्वयनमा आएपछि विभागले केही दिनअघि चाइना इन्टरपोल प्रहरीको पक्राउ सूचीमा रहेका एक चिनियाँ नागरिक र अन्य देशका गरी ११ जनालाई पक्राउ गरिसकेको छ ।
प्रवेशाज्ञा एउटा प्रायोजनका लागि लिने तर बसाईमा अर्कै काम गर्ने माथि निगरानी बढाइको छ । बसाई लम्ब्याउने, सेवाका नाममा अपराध गर्नेहरूलाई प्रचलित कानून अनुसार कारबाही गर्नुका साथै कतिपयलाई आफ्नै देशमा फर्काउन सकिने व्यवस्था गरिएको छ ।
प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा गठित समितिहरूले नै शंका लागेको खण्डमा घर, होटल, रेष्टुरेण्टमा छापामारी अवैधरुपमा लुकिछिपि बसेका विदेशी नागरिकलाई तत्काल पक्राउ गरी प्रचलित कानूनअनुसार कारबाही गरी फिर्ता पठाउन सक्ने छन् ।

 

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना