दार्चुलामा बाढीको त्रास

गोकर्ण दयाल

बैतडी, असार १६ गते । निरन्तर वर्षाका कारण भारतले धौलीगङ्गाको छिरकला बाँधको पानी शक्रबार साँझ ६ः१५ मा खोलेको छ । जारी गरिएको सूचना अनसार राति १२ बजेसम्म पूरै बाँध खााली गरिने छ । जलविद्युत्को मेसिनमा अचानक आएको खराबीले बाँध खोलिएको जानकारी गराइएको छ ।
भारतीय सीमा सुरक्षा बलले बाँध खोलेको सूचना दिएपछि महाकालीमा पानीको बहाव बढेसँगै दार्चुलामा उच्च सतर्कता अपनाइएको छ । महाकाली किनारमा रहेको दार्चुला सदरमुकाम आसपासका क्षेत्र संवेदनशील भएको भन्दै सर्वसाधारणलाई सजग गराउँदै उच्च सतर्कता अपनाएको छ । भारतले धौलीगङ्गाको छिरकला गङ्गाबाँध खोल्दा महाकालीमा ४० देखि १०० मिलिमिटर पानी बढ्नसक्ने सूचना दिएको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जानकारी दिएको छ । भारतले धौलीगङ्गाको छिरकला बाँध खोलेपछि महाकालीमा पानीको बहाव ह्वात्तै बढेको छ । Darchula ma Badiko Tras
यसअघि २०७० सालमा भारतले कुनै जानकारी नदिई धौलीगङ्गाको छिरकला बाँध खोल्दा दार्चुला सदरमुकाम बाढीले बगाउँदा ठूलो धनजनको क्षति भएको थियो । यो वर्ष भारतले बाँध खोल्नुपूर्व नै सूचना दिएकोले आवश्य सजगकता अपनाइएको दार्चुला प्रहरी प्रमुख नवराज अधिकारीले बताउनुभयो ।
भारतले धौलीगङ्गा छिरकला जलविद्युत्को मेसिन अचानक बन्द भएकाले बाँध खोल्ने सूचना दिएको छ । राति १२ बजेसम्म बाँध पूरै खाली गर्ने भारतले सूचना दिएको छ । बाँधमा तीनलखा क्युफिट मिटर पानी रहेको छ । राति १२ बजेसम्म पूरै बाँध खोल्दा महाकाली नदीको पानी दुई मिटर बढ्न सक्ने जिल्ला प्रशासन कार्यालय दार्चुलाका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज जोशीले बताउनुभयो ।
महाकालीमा दुई मिटर पानी बढ्दा खासै क्षति नहुने अनुमान गरिए पनि सँंगै वर्षा भयो भर्ने दार्चुलाको पुलघाटबाट करिब पाँचसय मिटर माथि रहेको खोटिला पहिरो ठूलो जोखिमका रुपमा रहेको सहाय प्रमुख जिल्ला अधिकारी जोशीले बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना