जनसंख्यामा आधारित अर्वुदरोगी दर्ता हँुदै

cancer

काठमाडौँ, असार १७ गते । नेपालमा जनसंख्यामा आधारित अर्वुदरोगीको दर्ता नहुँदा हालसम्म यकिन तथ्यांक छैन ।
लामो समयदेखि जनसंख्यामा आधारित सर्वेक्षण गर्ने विषयमा कुरा उठे पनि छ महिनाअघि मात्र दर्ता शुरु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, नेपाल स्वास्थ्य अनुसन्धान परिषद््ले अर्वुदरोग नीति तर्जुमा गर्न आवश्यक तथ्यांक, रोगको रोकथाम र उपचारका लागि ठोस प्रमाण आवश्यक ठानी गत पुसदेखि दर्ता गर्न शुरु गरेको हो ।

परिषद्, जनसंख्यामा आधारित दर्ता कार्यक्रमका अनुसन्धान अधिकृत रञ्जिता सुवेदीेले ‘इन्टरनेशनल एजेन्सी फर रिसर्च अन क्यान्सर’ संस्थाको प्राविधिक सहयोगमा रोग तथा रोगका कारणले मृत्यु भएकाको सम्पूर्ण विवरण भरी छुट्टाछुट्टै प्रतिवेदन तयार गरिने र पहिलो छ महिनाको प्रतिवेदन छिट्टै सार्वजनिक गरिने जानकारी दिनुभयो ।

अर्वुदरोग विशेषज्ञ डा राजेन्द्रप्रसाद बराल नेपालमा कति रोगी छन्, कति जोखिममा छन् भन्ने तथ्यांक आउन नसक्दा प्रभावकारी कार्यक्रम आउन नसकेको बताउनुहुन्छ । ‘‘नेपालमा क्यान्सरको अवस्था बढ्दो क्रममा छ, तर नेपालमा क्यान्सर रोगबारे जनसंख्यालाई आधार मानेर कुनै पनि सर्वेक्षण भएको छैन ,अहिले उपलब्ध तथ्यांक भनेको अस्पतालमा आधारित तथ्यांक हो,’’ उहाँले भन्नुभयो ।
डा बरालका अनुसारा नेपालमा अहिले महिला पुरुष दुवैमा फोक्सोको अर्वुदरोग पहिलो नम्बरमा छ । अस्पतालको रोगपिच्छे फरक÷फरक तथ्यांक छ । उहाँले भन्नुभयो, ‘‘भरतपुर क्यान्सर अस्पतालमा मुखको क्यान्सर बढी छ भने भक्तपुर क्यान्सर अस्पतालमा पाचनप्रणालीको क्यान्सर बढी देखिएको छ ।’’ वीर अस्पतालका अर्वुदरोग विशेषज्ञ प्रा डा विष्णुदत्त पौडेलका अनुसार पाठेघरको मुखको अर्वुदरोग सबैभन्दा धेरै देखिने रोग हो । सार्कमा पाठेघरको मुखको अर्वुदरोग धेरै छ ।

पछिल्लो समय नवयुवतीमा स्तन अर्वुदरोग बढ्दो छ । स्तन अर्वुदरोगले पाठेघरको मुखको अर्वुदरोगलाई उछिन्न सक्ने विशेषज्ञ बताउनुहुन्छ । योजना बनाएर रोगविरुद्ध लड्न जनसंख्यामा आधारित क्यान्सर सर्वेक्षणबाट मात्र सम्भव भएको चिकित्सक बताउँछन् । नेपालमा हाल विभिन्न अर्वुदरोगका करीब सय विशेषज्ञ छन् । अहिले एक चिकित्सकले करीब तीन लाख बिरामी हेर्नेुपरेको छ ।

अस्पताल, विपन्न नागरिक सेवा शाखा, स्थानीय सरकार र राष्ट्रिय पञ्जीकरण विभागबाट पनि तथ्यांक संकलन हुन्छ । यसबाट केन्द्रीय तथा स्थानीय सरकारका माध्यमबाट जनस्वास्थ्यमा चेतना अभिवृद्धि, रोगथाम तथा उपचार कार्ययोजना बनाउन सहयोग पु¥याउँछ । काठमाडौँबाट शुरु भएको दर्ता कार्यक्रम अहिले भक्तपुर, ललितपुर, कास्की, रुकुम, सिरहा, सप्तरी र चितवनमा विस्तार भएको र सबै जिल्लामा विस्तार गर्दै जाने अनुसन्धान परिषद्ले जनाएको छ । अनुसन्धानकर्तासँगै अस्पतालका कर्मचारी र महिला स्वास्थ्य स्वयम्सेविकाले तथ्यांक लिने काम गरिरहेका छन् ।  (रासस)

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना