संसद्का सचिवको उमेरहद ५८ वर्ष कायम

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २० गते । संघीय संसद्का महासचिव र सचिवको उमेरहद ५८ वर्ष कायम गरिएको छ । निजामती सेवा सरहको उमेरहद कायम गर्नका लागि हालै संघीय संसद्बाट पारित विधेयकले उमेरहद ५८ वर्ष कायम गरेको हो । राजनीतिक नियुक्तिका हकमा यसअघि ६५ वर्षको उमेरहद कायम थियो ।
संघीय संसद्का दुबै सदनबाट अध्यादेश प्रतिस्थापन विधेयक पारित भइसकेको छ । सरकारले संसद् अधिवेशन नभएका बेला अध्यादेश जारी गरेको थियो । अध्यादेश अनुसार प्रतिनिधिसभा सभामुख र राष्ट्रियसभा अध्यक्षको सिफारिसमा प्रतिनिधिसभा र राष्ट्रियसभाका लागि दुई सचिव नियुक्त हुनुभएको थियो ।
पारित प्रतिस्थापन विधेयकको दफा ५ पदावधिको व्यवस्था गरिएको छ । जसअनुसार कार्यकाल पाँच वर्षको हुने उल्लेख छ । महासचिव र सचिवको पुनःनियुक्तिको पनि व्यवस्था गरिएको छ । पारिश्रमिक नेपाल सरकारका अधिकारी सरहनै हुने व्यवस्था छ ।
यस्तै सचिवले सरकारी आवास सुविधा पाउने व्यवस्था गरिएको छ । आवास भएकाको हकमा मर्मत खर्च दिइनेछ । नियुक्तिका लागि महासचिवको हकमा ४५ र सचिवका लागि ३५ वर्ष उमेर पुगेको हुनुपर्ने व्यवस्था गरिएको छ । संघीय संसद्को महासचिव निजामतीतर्फ मुख्य सचिव सरह हुने व्यवस्था छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना