बालबालिकामा अभिभावकत्वको प्रभाव

bhasa koiralaभाषा कोइराला


अभिभावकत्व प्रदान गर्नु चुनौतीपूर्ण र कठिन कार्य हो । अभिभावकत्व भन्नाले सामान्य अर्थमा बालबालिकालाई हुर्काउन गरिने लालन, पालन, भरण पोषणसँगै शारीरिक, संवेगात्मक, समाजिक र मानसिक रूपमा सुगठित बनाउन गरिने कार्य वा प्रक्रियालाई बुझिन्छ जुन बालबालिका गर्भमा आएदेखि नै शुरु हुन्छ ।
अभिभावकले प्रदान गर्ने अभिभावकत्वले बालबालिकाको हरेक क्षेत्र जस्तै, समाजमा समायोजन हुन सन्तुलित व्यवहार गर्न सक्ने, संवेग, भावना र आवेगलाई नियन्त्रण गर्न सक्ने, नयाँ नयाँ संज्ञानात्मक कुरा लिन सक्ने, शैक्षिक चुनौती र समस्यालाई समाधान गर्ने सक्ने क्षमता र सीप, आत्मबल र आत्मविश्वाससँग प्रत्यक्ष सम्बन्ध राख्छ । त्यसैले बालबालिकाको व्यक्तित्व विकासमा अभिभावकत्वको ठूलो भूमिका हुन्छ । त्यसबाहेक, बालबालिकाले आफूले पाएको अभिभावकत्वको प्रभाव उनीहरूले दिने अभिभावकत्वमा पनि पर्न जान्छ । यो जीवनपर्यन्त चलिरहने प्रक्रिया भए पनि बाल्यकालमा यसको महìव सर्वाधिक हुन्छ ।
हामी मान्छे जसरी फरक छौँ, त्यसरी नै हामीले प्रदान गर्ने अभिभावकत्व पनि फरक हुन्छ । अन्य कुराहरू समय, सामाजिक परिवेश, अभिभावकको शैक्षिक स्तर, आर्थिक स्तर, अभिभावकको स्वभाव आदि कुराले प्रभाव पार्छ । अभिभावकत्व भन्ने कुरा समयसँगै सिक्दै जाने कुरा पनि हो । कोही पनि मानिस पूर्ण अभिभावकको गुण लिएर जन्मेको हुँदैनन् । अभिभावकत्व निरन्तर चल्ने प्रक्रिया हो जसमा सिकाइको मुख्य भूमिका हुन्छ । हरेक अभिभावकत्वको अनुभव आफैँमा पृथक हुन्छ, जुन आफूले देखेको जस्तो नहुन सक्छ तर जुन अभिभावक अभिभावकत्व सीप सिक्नतर्फ उन्मुख हुन्छ र समयानुकूल आपmूलाई परिवर्तन गर्न सक्छ ऊ राम्रो अभिभावक बन्छ ।
अभिभावकत्वको शैली अभिभावक अनुसार फरक भए पनि मुख्यतः चारवटा शैलीमा हेरिन्छ । आधिकारिक (अथोरिटिभ), सत्तावादी (अथोरिटरियन), उदार वा गम्भीरतासाथ नलिने (पर्मिसिभ) र हेलचक्रयाइँ गर्ने (नेग्लेटफुल) अभिभावकत्व ।
अथोरिटिभ अभिभावकत्वको शैलीमा अभिभावकले धेरै नै उत्तरदायित्व र जिम्मेवारी बहन गर्छन् । उनीहरू आफ्ना बालबालिकालाई सफल बनाउन, बुद्धि विकासका लागि हरसम्भव स्रोत साधनहरूसहित समर्थन र प्रोत्साहन गर्दछन् । पर्याप्त मात्रामा समय दिन्छन् । बालबालिकाको कुरा सुन्छन् । माया, स्नेह, सौहाद्र, वात्सल्य उचित मात्रामा प्रदान गर्छन् र सँगसँगै उचित अनुशासनको दायरा बनाएर पालना गरिन्छ । अभिभावकत्वलाई लिएर गरिएको अनुसन्धान र अध्ययनको नतिजाले देखाए अनुसार यस किसिमको अभिभावकत्वको शैलीलाई अहिलेसम्मको उत्कृष्ट अभिभावकत्वको शैलीको रूपमा मानिएको छ ।
यसका केही विशेषताहरू यस प्रकार छन्, जसमा बालबालिकाको कुराहरू सुनिन्छ । बालबालिकाको स्वतन्त्रतालाई र आत्मनिर्भतालाई बढावा दिइन्छ । उनीहरूसँग उचित अपेक्षा राखिन्छ । तिनको बानी व्यवहारको, अपेक्षा र प्रतिफलको दायरा निश्चित गरिएको हुन्छ । स्नेह र वात्सल्य यथेष्ट मात्रामा दर्शाइन्छ । विकल्पहरूको बारेमा छलफल गराइन्छ र छान्न लगाइन्छ । उचित र समनुरूप अनुशासनको व्यवथा गरिएको हुन्छ । स्थितिअनुरूप र उचित तर्कसंगत कारणहरूमा लचिलोपन दर्शाइन्छ ।
यस्तो खालको अभिभावकत्वको शैलीमा हुर्किएका बालबालिकाहरू निकै सक्षम, खुसी र सफल भएका तथ्यहरू छन् । यस्तो शैलीमा हुर्किएका बालबालिकाहरूले पछि गएर आफ्नो जीवनकालमा उल्लेखनीय उपलब्धि हासिल गरेको र सन्तुलित व्यक्तिको रूपमा विकसित भएको पाइएको छ ।
अथोरिटरियन अभिभावकत्वको शैलीमा बालबलिकासँग धेरै अपेक्षाहरू राखिन्छ र अपेक्षाको तुलनामा भरण पोषणमा कम उत्तरदायित्व प्रदान गरिन्छ । अभिभावकको पूर्ववत मानसिकताको आधारमा कडा नीति नियमहरू बनाइएको हुन्छ । त्यस अनुसार बालबालिकाले आदेशको पालना गर्नुपर्ने हुन्छ । यस्तो खालको अभिभावकत्वको शैलीमा बालबालिकाको आत्मअनुशासन र स्वतन्त्रतालाई होइन, सजायलाई प्राथमिकता दिइन्छ । उनीहरूलाई नियन्त्रण गर्नु मुख्य उद्देश्य रहेको हुन्छ र आधिकारिकताभन्दा अधिकार बढी देखाइन्छ । त्यस्तै सकारात्मक बानी व्यहोरालाई प्रोत्साहन दिँदैन तर अनअपेक्षित र नकारात्मक पक्षलाई दण्डित गर्ने कार्य गरिन्छ । यस्तो शैलीमा बढी अपेक्षा राख्ने कम जिम्मेवारी बहन गर्ने, माया, ममता, वात्सल्य नदर्शाउने गरिन्छ । यस्तै दण्ड सजायको प्रयोग बढी गरिने र त्यसबारे कारण पनि प्रायः नबताउने, आज्ञा र नियमहरूको पालना गर्नुपर्ने, उनीहरूको इच्छा र विकल्पबारे चर्चा छलफल नगरी सबै निर्णय अभिभावकद्वारा गर्ने र धेरैजसो कडा निगरानीमा राख्ने गरिन्छ ।
यसप्रकारको शैलीमा हुर्किएका बालबालिका पछि असल नियम पालना गर्ने आज्ञाकारी व्यक्तित्व त हुन सक्छन् तर आत्मअनुशासन, आफ्नो दायरा निर्धारण तथा मापन गर्ने कुरामा कमजोर साबित हुन्छन् । कालान्तरमा बालबालिकाको शैक्षिक उपलब्धिमा ह्रास आउने, अपेक्षित र उल्लेखनीय उपलब्धिहरू हासिल गर्न नसक्ने, कमजोर आत्मबल भएको व्यक्तित्व रूपमा विकास हुने देखिएको छ ।
‘पर्मिसिभ’ शैलीलाई अनुग्रहशील अथवा अति नम्र शैलीको अभिभावकत्वको रूपमा लिइन्छ । अपेक्षाहरू एकदमै न्यून राखिन्छ अथवा राख्दै राखिँदैन तर उत्तरदायित्व बढी दर्शाइन्छ र अभिभावक अति नै उदारवादी अनि आधुनिकतालाई प्राथमिकता दिने हुन्छन् । आत्मसंयमलाई प्रोत्साहन दिइँदैन न कुनै निश्चित नियम र दायराहरू तोकिएको हुन्छ । यो शैलीमा नियम कानुनको निश्चित दायरा हँुदैन यदि भए पनि निकै कम र समअनुरूपता नभएका हुन्छन् । बालबालिकाप्रति धेरै नै प्रत्यानुभूति राख्ने, माया, ममता, वात्सल्य, स्नेह र हेरविकचार दर्शाउने गरिन्छ । अभिभावकभन्दा पनि बढी साथीजस्तो सम्बन्ध राख्ने र व्यवहार गर्ने गरिन्छ । केही कुराको पनि निश्चित तौरतरिका हुँदैन, बालबालिकाको निर्णय नै सर्वपरि रूपमा लिइन्छ ।
यो अति नै आरामदायी अभिभावकत्वकको शैली हो । यो शैली बालबालिकाहरूलाई एकदमै मनपर्ने भए पनि यसका नकारात्मक प्रभावहरू धेरै छन् । यस्तो शैलीमा हुर्किएका बालबालिका आफ्ना संवेगहरूलाई सन्तुलनमा राख्न नसक्ने र अरुको संवेगको अवस्थालाई पनि बुझ्न नसक्ने खालका हुन्छन् । उनीहरूले आक्रामकता र आक्रोश बढी देखाउने अनि जीवनको अरु क्षेत्रमा पनि खासै उपलब्धि हासिल गर्न नसक्ने देखिएको छ । यी असरहरूसँगै निर्णय गर्न सक्ने र समस्या समाधान गर्न सक्ने क्षमता कमजोर पाइएको छ । त्यस्ता बालबालिकालाई भविष्यमा समय र व्यवहार व्यवस्थापनमा पनि समस्या देखिएको, उनीहरू आत्मकेन्द्रित र कमजोर सामाजिक कौशल भएको व्यक्तित्वको रूपमा विकसित भएको पाइएको छ ।
‘नेग्लेटफुल’ शैलीको अभिभावकत्वमा अभिभावकको भूमिका प्रायः न्यून हुन्छ । उनीहरू आफ्ना बालबालिकाप्रति कुनै अपेक्षा राख्दैनन् र उत्तरदायित्व पनि दर्शाउँदैनन् । बालबालिकासँग समय बिताउँदैनन्, उनीहरूको इच्छा, चाहनाबारेमा छलफल गर्दैैनन् । यद्यपि आधारभूत कुराहरू चाहिँ प्रदान गरेका हुन्छन् । बालबालिकाको सकारात्मक कुराहरूलाई प्रोत्साहन हुने र नकारात्मक कुराहरूलाई न्यूनीकरण गर्ने क्रियाकलाप, नियम र दायरा निर्धारण गरिएको हुँदैन । त्यस्तै बालबालिकाको रुचि, अरुचि समस्या र क्रियाकलापको बारेमा छलफल पनि गरिँदैन । मनोवेत्ताहरूले यस्तो खालको अभिभावकत्वलाई सबैभन्दा खतराजन्य शैलीको रूपमा मानिएका छन् ।
यसका धेरै नकारात्मक प्रभावहरू छन् । यो शैलीमा हुर्किएका व्यक्तिमा भावनात्मक, संवेगात्मक रूपमा परिपक्वता नहुने, अरुभन्दा अलगै बस्न रुचाउने, किशोर अवस्थामा गैर कानुनी गैर सामाजिक क्रियाकलापमा संलग्न हुन सक्ने, आफूलाई असुरक्षित, असहाय, एक्लो महसुस गर्ने र प्रायः तनाव लिइरहने व्यक्तिको रूपमा विकसित हुने तथा कसैलाई विश्वास नगर्ने र आफूलाई नै हानि पु¥याउने खालका क्रियाकलाप गर्ने गरेको देखिन्छ ।
बालबालिकाले पाउने अभिभावकत्वले उनीहरूको व्यक्तित्व विकासदेखि लिएर जीवनको हरेक क्षेत्रमा महìवपूर्ण भूमिका खेलेको हुन्छ । त्यस्तै, अभिभावकले प्रदान गर्ने अभिभावकत्व पनि धेरै कुराले निर्धारण गर्छ । जस्तै, अभिभावकको शारीरिक, मानसिक, व्यवहारिक र सामाजिक परिपक्कता, शैक्षिक स्तर, आर्थिक स्तर, संस्कृतिक मूल्य मान्यता आदि । अभिभावकत्व आवश्यकता हामीलाई जीवन पर्यन्त महशुस भए पनि यसको सर्वाधिक महìव बाल्यकाल र किशोर अवस्थामा हुन्छ । अभिभावकत्वलाई सबल र सक्षम व्यतिmत्वका विकासको कडीको रूपमा लिइन्छ । त्यसैले, पश्चिमा मुलुकहरूमा यसको महìव र बुझाइलाई व्यापक बनाइएको छ र सम्बन्धित तालिम र शिक्षा दिइन्छ । हातमुख जोड्न पनि गाह्रो अवस्थाका हामी यसबारे सोच्दैनौँ भने अर्कोतिर शिक्षा र तालिम दिने दक्ष जनशक्तिको अभाव पनि छ । यदाकदा निजी क्षेत्रबाट तालिम सञ्चालन भए पनि त्यो निश्चित वर्ग र क्षेत्रमा सीमित छ । यसबारे सरोकारवालाहरूले ध्यान दिनु आवश्यक देखिन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना