गोरखापत्रको निमित्त प्रधानसम्पादकमा श्रेष्ठ

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार २९ गते । गोरखापत्र दैनिकको निमित्त प्रधानसम्पादकमा श्रीओमप्रसाद श्रेष्ठ नियुक्त हुनुभएको छ । गोरखापत्र संस्थान अन्तर्गतको मधुपर्क मासिकका सम्पादक श्रेष्ठलाई संस्थान व्यवस्थापनले असार २९ गतेबाट लागू हुने गरी गोरखापत्र दैनिकको जिम्मेवारी दिएको हो । निमित्त प्रधानसम्पादक निर्मलकुमार आचार्यले असार २९ गतेबाट उमेर हदका कारण अनिवार्य अवकाश पाउँदै हुनुहुन्छ । आचार्यले गोरखापत्र संस्थानमा २६ वर्ष पाँच महिना स्थायी सेवा प्रदान गर्नुभएको छ । shreeom_1

श्रेष्ठ साहित्यिक क्षेत्रमा श्रीओम श्रेष्ठ ‘रोदन’बाट परिचित हुनुहुन्छ । उहाँ २०४८ सालमा संस्थानको उपसम्पादकमा स्थायी हुनुभएको थियो । ललितपुरको झम्सिखेलमा जन्मनु भएका श्रेष्ठ यसअघि २०७२ पुसदेखि एक वर्ष गोरखापत्र दैनिकको प्रबन्ध सम्पादक हुनुहुन्थ्यो ।
उहाँका ललिता र सरगम (कविता सङ्ग्रह), समवेदनाका स्वरहरू, अर्थहीन अर्थहरू, समयका सम्भावनाहरू, एक्लो परिचय, भनौँ कि नभनौँ निबन्ध सङ्ग्रह, आँखीझ्याल (हस्तलिखित) र भ्रममार्ग (लघुकथा सङ्ग्रह), समुद्रपारि समुद्रवारि, नबिर्सने दिनहरू नियात्रा सङ्ग्रह र प्रसङ्गवश (अन्तरवार्ता सङ्ग्रह)लगायतका एक दर्जन कृति प्रकाशित छन् ।
नयाँ मार्ग साप्ताहिकबाट पत्रकारिता सुरु गर्नुभएको उहाँले चीन र उत्तर कोरियाबाट पत्रकारिताको तालिम लिनुभएको छ । उहाँलाई २२ वटा संघ संस्थाले सम्मान तथा पुरस्कृत गरेका छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना