सिंह सत्तल पुनःनिर्माणपछि विवाद

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३० गते । वसन्तपुरस्थित सिंह सत्तल पुनःनिर्माण सम्पन्न भएपछि यहाँ विवाद सुरु भएको छ । सत्तलमुनिका पसल कवल बोलपत्र प्रक्रियाबाट बहालमा लगाउन गुठी संस्थानले बहालवालासँग सम्झौता सम्पन्न गरेपछि काठमाडौँ महानगरपालिकाले सत्तलमा सामान राख्न माग गरेको छ । गुठी संस्थानका प्रवक्ता सरोज थपलियाका अनुसार प्रयोग गर्न चाहनेले बहाल दिन्छौँ भनेका छन् ।
गुठी संस्थान अन्तर्गत यो सत्तल महानगरपालिका र संस्थानले मिलेर पुनःनिर्माण सम्पन्न गरेको थियो । यो विषयको निर्णय संस्थानको बोर्डले गर्ने भएकोले बोर्डमा विषय प्रस्तुत हुन्छ । बहालकालागि सम्झौता गरिसकेका पसल मालिकले यसो गर्न अन्यायपूर्ण हुन्छ भनिरेहका छन् । गुठी संस्थानका अनुसार सत्तल मुनि एकदर्जन बढी पसल कवल छन् र्।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds