महाप्रबन्धक अधिकारी सम्मानित

गोरखापत्र समाचारदाता

काठमाडौँ, असार ३१ गते । गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक हरिकला अधिकारीलाई सम्मान गरिएको छ । क्रियाशील पत्रकार महिला समूह (डब्लुडब्लुजे) द्वारा शनिवार राजधानीमा आयोजित ‘पत्रकार महिलाका लागि समाचार तथा फिचर सम्पादन तालिम’ कार्यक्रमको अवसरमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव महेन्द्रमान गुरूङले निमित्त महाप्रबन्धक अधिकारीलाई सम्मान गर्नुभएको हो । harikala
कार्यक्रमलाई सम्बोधन गर्दै सचिव गुरूङले पत्रकार महिलालाई अगाडि बढाउन, यस पेशामा टिकाउन र सङ्गठित गर्न स्थापना गरिएको डब्लुडब्लुजेले आफ्नो लक्ष्य अनुसार काम गरिरहेको र मन्त्रालयले पनि सक्दो सहयोग गरिहेको बताउनुभयो ।
सचिव गुरूङले पत्रकार महिलाको पेशागत हक हितका लागि आवश्यक सुझाव पेश गर्न आग्रह गर्नुभयो । उहाँले त्यस सुझावलाई व्यावहारिक रूपमा कार्यान्वयन हुने गरी आम सञ्चार नीतिमा समावेश गर्न सक्दो प्रयास गरिने बताउनुभयो ।
गोरखापत्र संस्थानका निमित्त महाप्रबन्धक अधिकारीले पत्रकारिताको लामो अनुभव सुनाउँदै ‘जीवनमा आफूलाई यस क्षेत्रमा अगाडि बढाउन सधैँ इमानदारीका साथ क्रियाशील रहनुपर्छ, अवसर पाइन भन्दैमा पछि हट्ने वा अवसरकै लागि मात्र पनि काम गर्नुहुन्न, एकदिन मेहनतको कदर हुने दिन आउँछ’, भन्नुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना