युएइबाट फरार थिङ पक्राउ

interpole

गोरखापत्र समाचारदाता -
काठमाडौं, असार ३२ गते । जवरजस्ती करणी मुद्धामा फरार सिन्धुली जिल्लाको मनिठाकुरका ३१ वर्षीय सिंहलाल थिङलाई इन्टरपोल प्रहरीले संयुक्त अरब इमिरेटस (युएइ) बाट पक्राउ गरी नेपाल ल्याइको छ ।
महानगरीय प्रहरी कार्यालयका अनुसार, अभियुक्त थिङ २०७४ साल असोज २२ गते महोत्तरी जिल्लाको वर्दिवासस्थित एक होटलमा उपहार लिन बोलाइ २५ वर्षीय युवतीलाई रातभर बन्दी बनाइ जवरजस्तीकरणी गरी फरार भएका थिए ।
अभियुक्त थिङले फेसबुकबाट चिनजान भएकी ती युवतीलाई विदेशबाट फर्केर आउँदा उपहार ल्याइ दिएको छु लिन आउनु भन्दै वर्दिवास होटलमा बोलाई यस्तो अपराध गरेको जानकारी प्रहरीले दिएको हो ।
जिल्ला प्रहरी कार्यालय महोत्तरीको सिफारिसमा नेपाल प्रहरी इन्टरपोल शाखाले अभियुक्त थिङ विरुद्ध ‘रेड कर्नर नोटिस’ जारी गरेको थियो । उनलाई युएइ प्रहरीले हप्ता दिनअघि पक्राउ गरी आइतवार काठमाडौं पठाएको हो ।
प्रहरीले थिङलाई त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट नियन्त्रणमा लिई थप अनुसन्धानका लागि महोत्तरी पठाएको छ । उनी विरुद्ध गत वर्ष असोजको २६ गते जवरजस्तीकरणी सम्वन्धी मुद्धा दर्ता भएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना