जता भूक्षय, सडक खन्न त्यतै डोजर !


गोकर्ण दयाल

बैतडी,  साउन १ गते ।  मेलौली नगरपालिका–८ कोटीगाउँका ४४२ घरपरिवार पहिरोको उच्च जोखिममा छन् । पहिरो नियन्त्रण गर्न सङ्घीय सरकारले यहाँ बर्सेनि करोडौँ बजेट खर्च गरिरहेको छ । स्थानीय सरकार भने जता भूक्षय छ त्यतै डोजर किनेर सडक खन्न थालेपछि स्थानीय अन्योलमा परेका छन् ।  स्थानीय महेशदत्त भट्ट भन्नुहुन्छ, विशालपुरवासीको पहिलो माग सडक होइन, बस्ती व्यवस्थान र भूक्षय नियन्त्रण हो । नगरपालिका भने डोजर किनेर सडक खन्दै छ । कुरै कुझ्न सकिएको छैन ।
मेलौली नगरपालिका–८ मा पर्ने साविकको विशालपुर गाविस ३, ४, ५ र ६ नं. वडाका गाउँ पहिरोको उच्च जोखिममा छन् । कोटीगाउँको सिङ्गै डाँडो स्लखन भएको वर्षौं बितिसकेको छ । पहिरो नियन्त्रण गर्न सरकारले पाँच वर्षदेखि नियमित बजेट दिँदै आएको छ ।  सङ्घीय सरकारले जिल्ला भू–संरक्षण कार्यालय र जलउत्पन्न प्रकोप नियन्त्रण कार्यालयमार्फत पहिरो रोकथामको प्रयास गरे पनि नियन्त्रण हुनसकेको छैन । नगरपालिकाले डोजर किनेर सडक खन्न थालेपछि यो ठाउँ थप जोखिममा परेकोे स्थानीय नरिराम लोहारले बताउनुभयो । केन्द्र सरकारले पहिरो नियन्त्रण गर्न बजेट दिएको छ भने स्थानीय सरकारले सडक खन्न । गाउँमा दुईवटै कामसँगै चलिरहेका लोहारले बताउनुभयो ।
सडक निर्माण गर्दा भू–बनोट हेर्नुप¥यो । स्थानीय गरिबले काम गर्न पाउनुप¥यो । सामूहिक बस्ती व्यवस्थापन र भू–उपयोग नीति ल्याउनुप¥यो । १०÷२० घरपरिवार बस्ने डाँडामा सडक पु¥याउनुभन्दा सामूहिक बसोबास, उत्पादन, उपभोग र सीप र ज्ञान आदानप्रदान हुनसक्ने काम गर्नुपर्नेमा स्थानीय तहले आएको बजेट सक्न मात्रै वार्षिक योजना बनाउने गरेको लोहारले भन्नुभयो ।
सिगास गाउँपालिका–३ चमडेखर्क बाढीपहिरोको उच्च जोखिममा छ तर गाउँपालिकाले त्यतैबाट सडक खन्न सुरु गरेको छ । पुरचौडी नगरपालिका–८ डणपुरको कमेडखानीको लामुनी पहिरोका कारण ९५ घरधुरी जोखिममा छन् । पुरचौडी नगरपालिकाले पनि पहिरोको जोखिमबारे कुनै विश्लेषण नगरी गाउँगाउँमा डोजर पु¥याएको छ ।
सिगास गाउँपालिकाको साविकको गाँजरी गाविसका २, ६ र ७ नं. वडा बर्सेनि बाढीपहिरोका कारणले कटान हुँदै गइरहेको छ । पहिरो नियन्त्रण गर्न गाउँपालिकाले कुनै बजेट विनियोजित नगरेको स्थानीयको गुनासो छ । बरु डोजर लगाएर सडक खन्न गाउँपालिकाले त्यहाँ ३० लाख रुपियाँ बजेट विनियोजित गरेको छ ।
जिल्ला दैवी प्रकोप उद्धार समिति बैतडीले जिल्लाका गाँजरी, चौखाम, कटौजपानी, मल्लादेही, गोकुलेश्वर, शिखरपुर, विजयपुर, सित्तड, गुरुखोला, सिगास, कुँलउ, महाकाली, विशालपुर, गुजर र डिलासैनीलाई प्राकृतिक विपद्मा पर्नेसक्ने उच्च जोखिम क्षेत्रमा राखेको स्वतन्त्र विचार मञ्चका अध्यक्ष गणेश ठकुराठीले बताउनुभयो ।
पानीका मुहान सुक्दैछन् । जङ्गल नाश हुँदै गइरहेको छ । जलवायु परिवर्तन अर्को चुनौतीका रूपमा देखा पर्दैछ । सडक खन्ने नाममा स्थानीय तह ठेकेदार जस्तो बन्दै जानु सङ्घीयताका लागि दुर्भाग्यको भएको उहाँले बताउनुभयो ।
स्थानीय तहले सडक निर्माणलाई मात्र प्राथमिकता दिएर काम गर्दा बाढीपहिरो र प्राकृतिक विपद्सम्बन्धी कुनै योजना नबनाएको स्थानीय बुद्धिजीवी तेजराम लोहारले बताउनुभयो ।
जिल्लाका ६ गाउँपालिका र ४ नगरपालिकामा विपद् व्यवस्थापनसम्बन्धी पूर्व तयारी गर्न योजना के छ ? भनेर बुझ्दा कुनै पनि स्थानीय तहले विपद्सम्बन्धी योजना र पूर्वतयारी गर्न योजना नबनाएको बताएका छन् ।
जिल्लामा कहाँ कुन ठाउँ उच्च जोखिममा छन् भन्ने विषयमा समेत स्थानीय तहले अनविज्ञता प्रकट गरेका छन् । दशरथ चन्द नगरपालिकाले हालै स्थानीय विपद् तथा जलवायु उत्थानशील नगर समिति गठन गरेर सम्पर्क व्यक्ति तोक्ने काम गरेको नगरपालिकाका सामाजिक शाखा प्रमुख विनोद चन्दले जानकारी दिनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना