कवितावाचनमा प्रियंका ताजपुरिया प्रथम

mangal

गोरखापत्र समाचारदाता-

कीर्तिपुर, साउन ३ गते । आदिकवि भानुभक्त आचार्यको २०५ औंँ जन्मजयन्तीको उपलक्ष्यमा भएको कविता वाचन प्रतियोगितामा मंगल बहुमुखी क्याम्पसका प्रियंका ताजपुरिया प्रथम हुनुभएको छ ।

मंगल माध्यामिक विद्यालय तथा मंगल बहुमुखी क्याम्पसले आयोजना गरेको प्रतियोगितामा सोही माध्यामिक विद्यालयका कमल रोकाया द्वितीय र कर्ण धमला तृतीय हुनुभयो ।

ताजपुरिया स्नातक तह, ब्यवस्थापनको पहिलो वर्षका विद्यार्थी, रोकाया र धमला कक्षा १२ का विद्यार्थी हुनुहुन्छ ।

विद्यार्थीहरुलाई पुरस्कार दिनु हुँदै उक्त विद्यागृहका संयोजक सिद्धिबहादुर महर्जन, क्याम्पस प्रमुख प्रदीप महर्जन र सहायक प्रधानाध्यापक निलकण्ठ महर्जनले आदिकवि भानुभक्त आचार्यले देखाउनुभएको बाटोमा लाग्नुपर्ने धारणा राख्नुभयो ।

प्रतियोगितामा भुवन आचार्य, उर्मिला रेग्मी र योगेश काफ्ले निर्णायक मण्डलमा रहनुभएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना