अपराधका घटना बढे

गोरखापत्र समाचारदाता

काठमाडौंँ, साउन ५ गते । राजधानीमा कर्तव्य ज्यान, चोरी, डकैती, ठगी, लागूऔषध ओसारपसार, अबैध हतियारको कारोबार, जवरजस्तीकरणी र साइवर अपराधका घटनाहरू बढेका छन् ।  अघिल्लो आर्थिक वर्षको तुलनामा अपराधका घटनाहरूमा गत आर्थिक वर्षमा ३३ प्रतिशतले वृद्धि भएको प्रहरीले जनाएको छ । समग्रमा पनि आर्थिक वर्ष २०७४÷७५ मा छ हजार ८४१ वटा मुद्दा दर्ता भएका थिए जुन अघिल्लो आर्थिक वर्षको तुलनामा अधिक हो । त्यस अघिको वर्षमा चारहजार ५८२ वटा मुद्दा दर्ता भएका थिए । दर्ता भएको मुद्दामा पनि वर्गीकरण गरी प्रहरीले अपराधको चित्र बाहिर ल्याएको छ ।
अपहरण तथा शरीर बन्धक, महिला वेचविखन, विस्फोटक पदार्थको प्रयोग, संगठित अपराध, गुण्डागर्दी, कुटपिट अंगभंग लगायत घरेलु हिंसाका घटनाहरूमा नियन्त्रण आएका प्रहरीको दाबी छ ।
महानगरीय प्रहरी परिसर काठमाडौंले शुक्रवार अपराध सम्वन्धी एकतथ्याङ्क सार्वजनिक गर्दै राजधानीमा हुने १८ किसिमका अपराधहरू मध्ये १० वटा अपराधको संख्या तुलनात्मक रुपमा घटेको देखाएको छ ।
काठमाडौं परिसरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक विश्वराज पोखरेलले कर्तव्य ज्यान, खुनडाँका, खोटा चलन, ठगी, लागूऔषध, हातहतियार खरखजना, जवरजस्तीकरणी, विद्युतीय कारोवार तथा साइवर क्राइम जन्य अपराधका घटनाहरुमा बृद्धि भएको जानकारी दिनुभयो ।
त्यस्तैं, विस्फोटक पदार्थ, अपहरण, चेलीवेटी बेचबिखन, कुटपिट अङ्गभङ्ग, संगठित अपराध, गुण्डागर्दी, अपहरण तथा शरीर बन्धक, फिरौति र चन्दा अशुली जन्य अपराधका घटनामा कमी आएको जानकारी पनि उहाँले दिनुभयो ।
आर्थिक वर्ष २०७४/७५ मा छ हजार ८४१ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा चारहजार ५८२ वटा मुद्दा दर्ता भएका थिए ।
ती मध्ये केही सार्वजनिक मुद्दाको संख्या अधिक रहेको छ । आर्थिक वर्ष ७४÷७५ मा तीनहजार ७८३ र त्यसअघि दुई हजार २६९ रहेको थियो । यस आर्थिक वर्षमा दर्ता भएका छहजार आठसय ४१ मुद्दाहरूमा संलग्न नौहजार एकसय दुईजना अभियुक्त पक्राउ परेका छन् ।
ती मुद्दामा संलग्न ६९२ जना अभियुक्त फरार छन् । सो आर्थिक वर्षमा पाँचहजार ९७६ वटा मुद्दा फछ्र्यौट भएका छन् । परिसरले वर्षभरीमा सबैभन्दा बढी अपराधका घटना हुने महिनाको रुपमा असार र कम हुनेमा साउनलाई राखेको छ ।
गत आर्थिक वर्षको साउनमा ३८९ वटा अपराधका मुद्धा दर्ता भएका छन् । ती अपराधमा संलग्न रहेको अभियोगमा ४४४ जना पक्राउ परेका छन् भने ४९ जना फरार छन् । ३१८ वटा मुद्दा फछ्र्यौट भएका छन भने ७१ वटा पेन्डिङमा छन् ।
त्यस्तैं, यो असारमा आठसय ८६ दर्ता भएका मुद्दाहरुमा संलग्न नौ सय ५५ जना अभियुक्त पक्राउ परेका छन् । ९१ जना फरार छन् । सातसय ३९ वटा मुद्दा फछ्र्यौट गरिए पनि १२८ पेन्डिङमा रहेको जानकारी परिसरका प्रवक्ता मोहन थापाले दिनुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds