’फिल्म मेकिङ वर्कशप’ सञ्चालन हुने

गोरखापत्र समाचारदाता

काठमाडौं, साउन ६ गते । राजधानीमा मात्र नभएर मोफसल पनि चलचित्र क्षेत्रका निम्ति राम्रो बजार मानिन्छ । प्रदेश संरचना बनेसँगै मोफसलका विभिन्न शहरमा ठूला ठूला मल्टिप्लेक्स हल र थिएटर बन्ने क्रम सुरु भएको छ ।
फिल्म छायाङकन, अवार्ड र फेस्टिवलले पनि काठमाडौंँ बाहिरका शहरहरू रोज्न थालेका छन् । तर, अहिलेसम्म फिल्मसम्बन्धी शैक्षिक कार्यक्रमलगायतका कार्यक्रम भने उपत्यकाभन्दा बाहिर जानसकेका छैनन् ।
यसको सुरुवात कान्तिपुर फिल्म एकेडेमीले गर्ने भएको छ । फिल्म निर्माणसम्बन्धी शिक्षा दिने, फिल्ममा साक्षरता बढाउने र नयाँ जाकरुक फिल्ममेकर्स तथा ‘स्टोरी राइटर’लाई प्रोत्साहन गर्ने मुख्य उद्देश्यले इटहरी, हेटौँडा, नारायणघाट, पोखरा, बुटवल र नेपालगञ्जमा यसै महिना ’फिल्म मेकिङ वर्कशप’ सञ्चालन हुने भएको छ । त्यसक्रममा सिनेमासम्बन्धी सैद्धान्तिक र व्यवहारिक छलफल र अनुभव आदानप्रदान हुने जनाइएको छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना


Copyright © 2014, Gorkhapatraonline.com. All rights reserved. | Developed by: Young Minds