नेपाली चलचित्रले पुनर्जीवन पाएकै हो ?

nai nabhanu 3काठमाडौं । वि.स. २०७० सालको अन्तिम चार महिना नेपाली चलचित्र प्रदर्शनका दृष्टिले त्यति सफल मानिएन । यो अवधिमा एक महिनामा प्रदर्शन भएका एक दर्जन जति नै चलचित्रले नेपाली दर्शकलाई तान्न सकेनन् तर चैतको अन्तिम साता एकै पटक प्रदर्शनमा आएका तीन चलचित्र ‘नाई नभन्नु ल ३’ ‘हबल्दार सुन्तली’ र ‘सेतो बाघ’ ले भने बक्स अफिसमा उत्साहजनक प्रदर्शन गर्न सफल भएका छन् । ‘सेतो बाघ’ बाहेक ‘नाई नभन्नु ल ३’ र ‘हबल्दार सुन्तली’ले एक हप्ताको बीचमा डेढ करोड रुपियाँ माथिको व्यापार गरे । प्रदर्शनको पहिलोे दिन तीन चलचित्रले समग्रमा ३७ लाख रुपियाँको कारोबार गरे पनि लगातार पाँच दिनको अवधिमा यी चलचित्रहरूको आम्दानी एक करोड रुपियाँभन्दा बढी नै हुन पुग्यो । ‘नाई नभन्नु ल ३’ ले हालसम्म दुई करोड रुपियाँको हाराहारीमा आम्दानी गरिरहेको बुझिएको छ ।
यसरी राम्रा चलचित्रहरू एकै पटक यसरी जुद्धा चलचित्र निर्माताहरूको आम्दानी बाँडिने निश्चित भए पनि कुन चलचित्र राम्रो हो भन्नेमा दर्शकहरूको लागि पनि एक प्रकारको अन्योलता देखिएको छ । यी चलचित्रहर