हृदय रोगीलाई गर्मीमा जोखिम

bikash daliडा. विकास दली

गृष्म ऋतुको उच्च तापक्रम हृदय रोगीाहरूको लागि जोखिमज्ञपूर्ण हुन सक्छ । तसर्थ, गर्मी महिनामा हृदय रोगीहरूले केही अतिरिक्त सावधानी अपनाउनुपर्छ । यो मौसममा अतिक्ति व्यायाम तथा गतिविधिले स्वास्थ व्यक्तिमा समेत थकान वा लु लाग्न सक्छ भने हृदय समस्या भएका व्यक्तिका लागि त झन् उच्च तापक्रमबाट प्रभावित हुने असर दुई गुणाले बढ्छन् र मृत्यु पनि हुन सक्छ । तसर्थ, अत्यधिक गर्मीबाट जोगिन पर्याप्त मात्रामा तरल पदार्थ पिउने, उचित हलुका कपडा लगाउने र व्यायाम पनि तापक्रम हेरी गरेमा उच्च तापक्रमको सकसबाट सुरक्षित रहन सकिन्छ ।
हाम्रो शरीर उच्चतम कार्यक्षमताका लागि लगभग ९८ दशमलव ६ डिग्री फरेनहाइटको तापमान बनाई राख्न खोज्छ । यदि शरीरको तापक्रम १ दशमलव २ डिग्रीले पनि बढ्छ भने शरीरलाई चिस्याउने, स्वयं तापमान कम गर्न पसिनाको माध्यम या रक्त धमनीहरूलाई फुलाई कम गर्न कोसिस गर्छ । पसिनाले शरीरलाई चिस्याउँछ । फुलेका रक्त धमनीका आकारको परिणामले हृदयको गति बढी रक्तचाप घट्छ । फलस्वरूप बढेको त्यो हृदयको गति र घटेको रक्तचापले हृदय रोगीका लागि समस्या हुन सक्छ । घातक स्तरसम्म पुग्न सक्छ । शरीरलाई पर्याप्त चिसो र रक्तचाप ठीक राख्न जसको हृदयले राम्ररी पम्प गर्न सक्दैन, खतरनाक ढङ्गले शरीरको तापक्रम वृद्धि भई परिणाम घातक पनि हुन सक्छ ।
गर्मी मौसममा हरेक एक डिग्री शरीरको आन्तरिक तापमान बढ्दा मुटुको चाल प्रतिमिनेट अरू १० पटक धड्कनले बढ्छ । त्यसैले गर्मीमा अनावश्यक व्यायाम थप्दा हृदयमा नाटकीय रूपले थप भार वृद्धि हुन्छ । हाम्रो शरीरले दुई किसिम वा तरिकाले अतिरिक्त तापक्रम न्यून गर्छ ।
विकिरणः नियमानुसार तातो ऊर्जा स्वाभाविक रूपले चिसो क्षेत्रमा प्रभाव गर्छ । वरपरको हावा शरीरभन्दा चिसो छ भने, शरीरको ताप बाह्य हावामा फ्याकिन्छ तर बाह्य हावाको तापमान शरीरको तापमानसँग सन्तुलन मिल्दा त्यो प्रक्रिया रोकिन्छ । तातो ऊर्जा विकिरण हुन अतिरिक्त रक्तको प्रवाह हुनु अति आवश्यक हुन्छ, । त्यसैले छालामा बढी रगत सञ्चार हुन्छ । यसले गर्दा हृदयलाई छिटो र धेरै पम्प गर्न अरू दबाब दिन्छ ।
वाष्पीकरणः जब प्रत्येक थोपा पसिना छालाबाट निस्कन्छ, यसले केही हृदसम्म गर्मीलाई हटाउँछ । गर्मी मौसममा एक चम्चा बराबर पसिना वाष्पीकरणले शरीरको सम्पूर्ण रक्तचापलाई लगभग दुई डिग्री चिस्याउँछ । वाष्पीकरणले पनि मुटुको रक्तसञ्चारमा अझ दबाब थप्छ । गर्मीमा अति पसिनाको बहाव हुँदा शरीरलाई चाहिने अत्यावश्यक खनिज पदार्थ नुन, पोटासियम, क्याल्सियम बाहिर फ्याँकिन्छ छ, जो मुटुका मांसपेशीहरूले काम गर्न नितान्त जरुरी छन् । यी हानिको प्रक्रियालाई रोक्न शरीरले मुटुको चालको धड्कन थप बढाई हार्मोनहरूको मात्र उत्पादन गर्न थाल्छ । यसले शरीरलाई खनिज पदार्थ खेर नजान पानीको मात्र सन्तुलित अवस्थामा राख्नुपर्छ । अन्यथा शरीरमा पानीको कमी र उच्च रक्त प्रभावको कारणले चक्कर लाग्ने, बेहोस हुने लगायत मुटुमा थप दबाब पर्न सक्छ ।
हृदय रोगीद्वारा लिइने औषधि हाइरेटिक्सले गर्मीको समयमा निर्जलीकरण गर्न सक्छ । तथापि, धेरै पानी नपिउन पनि सचेत हुनुपर्छ । अतिरिक्त पानी पिउनाले हृदय र हृदय प्रणलीमा थप तनाव थप्न सक्छ ।
हाइरेटिक्स लासिक्सका साथसाथै मुटु सुन्निएका र हार्टफेल (हृदयाघात) भएका रोगीलाई अक्सर कम मात्रामा पानी र तरल पदार्थ पिउन सल्लाह दिइन्छ । यस्ता रोगीलाई उच्च तापमान र गर्मीबाट बच्नको लागि बाहिर हिँड्डुल कम गर्नका लागि सल्लाह दिनु नितान्त जरुरी छ । गर्मीमा कठोर व्यायामको कारण अत्यधिक पसिना आई रगतको तरलतामा बाक्लोपन बढी भई जम्ने प्रक्रिया जस्ता जटिलतालाई बढाउन सक्छ । जसले गर्दा खुलाइसकेको धमनीहरू तथा भल्वमा फेरि रगत जम्ने जोखिम उच्च हुन्छ । तसर्थ, खुला स्थानमा बिहान वा साँझको व्यायाम गर्नुपर्छ र पानीको मात्रा उचित ढङ्गले पिउनुपर्छ ।
मधुमेह हृदय रोगसँग सम्बन्ध भएको रोग हो । कुनै ब्यक्ति मधुमेहबाट ग्रसित छ र रक्त ग्लुकोज नियन्त्रणमा छैन भने शरीरमा पानीको मात्रा कमी भई डिहाइड्रेसनले ग्रसित पनि हुन सक्छ । डिहाइड्रेसन कम गर्न चिसो चिया, कागती पानी, चिनीरहित पेय पदार्थ र धेरै क्याफिनमुक्त तरल पदार्थ पिउनुपर्छ । अल्कोहल सकेसम्म सेवन नगर्ने तर गर्नु नै छ भने सीमित (एक पेगमा ६० एम.एल.) गर्नुपर्छ । गर्मीसम्बन्धी बिरामीको लक्षण र के गर्न सकिन्छ भन्ने थाहा पाएमा आफ्नो जीवन बचाउन मद्दत पुग्छ । सामान्य परिस्थितिमा शरीरले छाला, रगतका धमनीहरू र पसिनाको बहाव आफैँ गर्मीमा समायोजन गर्छ तर यदि तपाईं उच्च तापमानमा लामो समयसम्म रहनुहुन्छ, धेरै पसिनाको बहाव छ र पर्याप्त तरल पदार्थ पिउनुहुन्न भने यी प्राकृतिक शीतलन प्रणाली असफल हुन सक्छन् । परिणाम स्वरूप गर्मीसँग सम्बन्धित जोखिम हुन सक्छ ।
जोखिमहरूः उच्च तापक्रमले मांसपेशी बटारिने र बाडिने, खुट्टाका पिँडुला, हात तथा पेटका मांसपेशी प्रभावित भई अति दुख्ने र कडा हुन सक्छ । शरीरले आफ्नो ताप नियन्त्रण गर्न नसक्दा शरीरको आन्तरिक तापक्रम बढ्न गई ४० डिग्रीमाथि पनि पुग्न सक्छ र अत्यधिक पसिना आई वाक्वाक लाग्ने, टाउको दुख्ने, मांसपेशीहरू बाउँडिने, बेहोसीपनाको अनुभव र कमजोरी तथा शरीर चिसो भएको अनुभव हुन सक्छ । बेलैमा यसको उपचार गरिएन भने लु लाग्न सक्छ । लु खतरनाक आकस्मिक जीवन मरणको अवस्था हो । समयमै आपत्कालीन उपचार गरिएन भने मस्तिष्कलाई क्षति पुग्न गई अङ्गहरू स्थायी रूपले काम नगर्ने वा मृत्यु पनि हुन सक्छ । यस्ता लक्षणको सङ्केत देखा पर्दासाथ शरीरको तापमान कम गर्ने, प्रशस्त मात्रामा पानी पिउनुपर्छ । तुरुन्तै चिसो ठाउँमा जानुपर्छ । अतिरिक्त कपडा हटाउनुपर्छ । लगभग २०÷३० मिनेटभित्र आराम महसुस भएन भने तत्काल चिकित्सा मद्दत खोज्नुपर्छ ।
गर्मी मौसममा हृदय रोगीका लागि उच्च तापक्रमको असरबाट जोगिन अति बल लगाउने तथा गह्रौ कार्य कम गरिनुपर्छ । सबैभन्दा उत्तम उपाए चिसो स्थान रोज्नुपर्छ । व्यायामका लागि उत्तम समय बिहानको १० बजे अगावै र बेलुका ६ बजेपछि हो । दिउँसोको सूर्यको किरणबाट बच्नुपर्छ । हल्का–हल्का रङ्गीन कपडाले सूर्यको किरण र गर्मीलाई फाल्ने गर्छ र शरीरलाई चाहिने सामान्य तापमानको संरक्षण गर्न मद्दत गर्छ । खानामा चिल्लोपना र काब्रोहाइड्रेड कम गर्नुपर्छ । धेरै ऊर्जा दिने प्रोटिन युक्त खानाले शरीरको आन्तरिक तापक्रम बढाई पानीको मात्रा फ्याँकी क्षति बढाउँछ । चिकित्सकद्वारा निर्धारित वा सल्लाह नदिएसम्म नुनको मात्रा बढाउन हुँदैन ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना