सातजना कर्मचारीको बिदाई


गोरखापत्र समाचारदाता

gopa karmachari abkas_photo ramesh chhetriकाठमाडौँ,  साउन १० गते । गोरखापत्र संस्थानले गोरखापत्र दैनिकका पूर्व प्रधानसम्पादक निर्मल आचार्य लगायत सातजना कर्मचारीको बिदाई गरेको छ । पूर्व प्रधानसम्पादक आचार्य गत असार २९ गते उमेर हदका कारण सेवा निवृत्त हुनुभएको थियो ।
संस्थानमा बुधवार आयोजित बिदाइ कार्यक्रममा पूर्व प्रधानसम्पादक आचार्य, निमित्त अर्थ निर्देशक रामसुन्दर चौधरी, प्रमुख भण्डार अधिकृत राजनप्रसाद भण्डारी, सहायक कम्प्युटर अधिकृत अम्बिका थापा, प्रमुख प्रेसम्यान रामप्रसाद अधिकारी, कार्यालय सहयोगी पाँचौस्तर (वितरक) प्रकाश खड्का र सुरक्षा गार्ड प्रेमबहादुर मल्ललाई बिदाई गरिएको हो । उहाँहरू गत चैत २७ गतेदेखि २०७५ साउन ९ गतेको अवधिमा सेवा निवृत्त हुनुभएको हो ।
बिदाई समारोहमा गोरखापत्र संस्थानका महाप्रबन्धक वसन्तप्रकाश उपाध्यायले सबैको योगदानले गोरखापत्रको उचाइ बढेको चर्चा गर्नुहुँदै बिदाइ हुनुहुने सबैको बाँकी जीवनको प्रगतिको कामना गर्नुभयो । बिदाई हुनुभएका पूर्वप्रधानसम्पादक आचार्यले संस्थानका सबै प्रकाशनको उत्तरोत्तर प्रगतिको कामना गर्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना