राप्ती पुल मर्मत भएन


देउखुरी समाचारदाता

देउखुरी, साउन १० गते । राप्ती नदीमा बनेको पुल अहिले मर्मतको अभावमा कमजोर बन्दै गएको छ । २०५६ सालमा निर्माण भएको पुलको अधिकांश ठाउँमा कालोपत्रे उप्किएर खाडल परेको छ । पुल निर्माणमा प्रयोग गरिएको फलामको सामग्रीमा खिया लागेको छ ।
नदी किनारमा क्रसर उद्योग खुलेपछि झनै ओभर लोडका सवारीसाधन ओहोरदोहोर गर्दा पुलमा असर पर्ने गरेको छ । पुल नजिक हुने अवैध उत्खननले झनै यसको आयु घटाउने काम गरेको छ । पुल बनेदेखि एक पटक पनि मर्मत गरिएको छैन ।
राप्ती पुलको तत्काल मर्मत गर्नुपर्ने गढवा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष रविलाल आचार्यले माग गर्नुभएको छ । लोडको मापदण्ड छैन । एकपटक लप्किएर मर्मत गरेर बनाएको पुल हो । ओभरलोड गाडीहरू गुडाउँदा पुलको आयु घट्दै गएको छ, उहाँले भन्नुभयो । अहिले पुलबाट दोहोरो सवारीसाधनसँगै आवतजावत गर्न सक्दैनन् ।
पुल नजिक गरिएको नदीजन्य वस्तुको उत्खननले पुलको आयु घटाउने काम गरेको गढवा निवासी चुडामणि पौडेलले बताउनुभयो । पुलको छेउछाउमा ढुङ्गाजन्य वस्तु उत्खनन गरिएको छ । जसले गर्दा पुल कमजोर बन्दै गएको पौडेलले भन्नुभयो । पुलमा बनेको खाडल नपुर्दा दुर्घटनाको जोखिम पनि उत्तिकै बढेको छ । rapti pull
राप्ती पुलको चौडाइ जम्मा चार दशमलव २० मिटरको छ । पुलमा १८ मेट्रिकटन भन्दा बढी भारवहन भएको सवारीसाधन चलाउन पाइँदैन । सडक डिभिजन कार्यालय दाङका प्रमुख बद्री शर्माले राप्ती पुल मर्मतका लागि पुल महाशाखालाई पत्र काटेर अनुरोध गरेको बताउनुभयो तर अझै पुल मर्मत हुनसकेको छैन ।
लमही–कोइलाबास सडकमा पुल रहेकाले यो क्षेत्र हुलाकी सडक मातहतमा गएको छ । सडक डिभिजनबाट केही गर्न सकिँदैन । यो सडक हुलाकीमा छ । पुलको जिम्मा पुल महाशाखालाई हुने भएकाले मर्मतको लागि अनुरोध गरेको शर्माले भन्नुभयो ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना