भीरबाट लडेर केदार थापाको मुृत्यु

kedar

गोरखापत्र समाचारदाता-
काठमाडौं, साउन ११ गते । नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी माओवादी)का काठमाडौं जिल्ला सल्लाहकार केदार थापाको ७६ वर्षको उमेरमा निधन भएको छ । उहाँ कीर्तिपुर भेगका पूराना वामपन्थी हुनुहुन्थ्यो ।

कीर्तिपुर, इटागोलका स्थायी बासिन्दा थापा नियमित शारीरिक ब्यायामको सिलसिलामा डिँड्ने क्रममा विहान चोभारको भीरबाट लडेर मुृत्यु भएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।

उच्च रक्तचापको विरामी थापा करिब ७० फिटको उचाइबाट लड्नु भएको थियो ।

उहाँको पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको थियो । अन्त्येष्टि कार्यक्रममा पार्टीका महासचिव मोहन वैद्य ‘किरण’लगायत विभिन्न पार्टीका नेता तथा कार्यकर्ताहरूले मृतक थापालाई श्रद्धाञ्जली दिनुभएको थियो ।

दिवगंत थापाको एक श्रीमति, दुई छोरा र दुई छोरी छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना