केसीसँग सहमति : पर्दापछि भएको प्रयास

सरोज ढुंगेल 

काठमाडौँ, साउन १३ गते । चिकित्सा क्षेत्रमा व्यापक सुधारको लागि भन्दै पटक– पटक अनशन बस्नुभएका प्रा.डा. गोविन्द केसीको पछिल्लो २७ दिने अनशन अन्त्य भए पछि धेरैले सहज अनुभव गरेका छन् ।
विगतमा १५ पटकसम्म अनशन बस्नु परेको यो जटिल विषय कसरी समाधानको विन्दुमा पुग्यो ? यसका पछाडि कसको कस्तो भूमिका रह्यो ? धेरैलाई अझै उत्सुकता छ ।
अनशनको पछिल्लो सयम प्रधानमन्त्री केपी शर्मा ओलीले माथेमा आयोगको प्रतिवेदन गहिरो अध्ययन गर्नुभयो । उहाँ र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विषेश पहलमा डा. केसी र सरकारबीच नौ बुँदे सहमति कायम भएको सहजीकरणमा संलग्नहरू बताउँछन् । anasan_kc
त्रिभुवन विश्वविद्यालयका पूर्व उपकुलपति तथा वार्ताका लागि सहजकर्ता केदारभक्त माथेमाले गोरखापत्रसँग कुरा गर्दै सहमतिका लागि नेकपाका नेताहरू नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ , नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ्गको सहजीकरण महत्वपूर्ण रहेको बताउनुभयो ।
उहाँहरूको सहजीकरणमा प्रधानमन्त्री केपी शर्मा ओलीको विशेष पहलले मात्र डा. केसीसँगको सहमति कायम हुन पुगेको उहाँले बताउनुभयो । त्यस्तै, डा. केसी पक्षमा वार्ताटोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालको योगदान महत्वपूर्ण रहेको माथेको भनाइ छ ।
माथेमा भन्नुहुन्छ, “प्रधानमन्त्री ओलीको विशेष पहल नभएको भए २७ औं दिनमा पनि केसी र सरकारबीच सहमति हुन सक्ने थिएन । प्रधानमन्त्रीले बोलाएर नेम्वाङ्ग र मलाई सहजीकरणको लागि अनुरोध गरेपछि नै सहमति निष्कर्षमा पुगेको हो, उहाँले भन्नुभयो । उहाँको निर्देशनमा रातारात सहमति सम्भव भएको भन्दै उहाँले यसको सबैभन्दा बढी श्रेय प्रधानमन्त्री ओलीलाई दिनुपर्ने बताउनुभयो ।
‘मैले मंगलबारदेखि तीन दिनसम्म निरन्तर बालुवाटारमै रहेर सहजिकरणको भूमीका निर्वाह गरेँ, मेरा कुराबाट डा. केसीका माग हाम्रै माग रहेछन् भन्ने मनस्थितिमा प्रधानमन्त्री पुग्नुभयो’, माथेमाको भनाइ छ । पछिल्लो समय बालुवाटारमै लामो समय विताएको अनुभव पनि माथेमाले सुनाउनुभयो ।
प्रधानमन्त्री ओलीले चिकित्सा शिक्षा सम्बन्धी प्रतिवेदनहरु हेर्नुभयो, त्यो प्रतिवेदन भनेको जनकल्याणकै लागि थियो, माथेमाले थप्नुभयो, ‘समाजवाद उन्मुख दिशामा चिकित्सा शिक्षा सम्बन्धी प्रतिवेदन केन्द्रित भएकोले सहमति हुनसकेको हो ।” प्रतिवेदन व्यापारीलाई पोस्ने नभई जनतामा केन्द्रित भएको र सबैले चिकित्सा शिक्षामा पुहुँच पुग्नेगरी प्रतिवेदनले बोलेकोले सहमतिमा पुग्न प्रधानमन्त्रीलाई प्रेरित गरेको उहाँको भनाइ छ ।
‘सबै विषयवस्तु बुझिसकेपछि डा. केसीको माग ठिकै रहेछ भनेर प्रधानमन्त्री ओलीले मलाई भन्नुभएको थियो,’ माथेमाले भन्नुभयो, तपाइँको प्रतिवेदन पनि चिकित्सा शिक्षामा गुणस्तर र पहुँचको विषय समेटिएको रहेछ भनेर प्रधानमन्त्रीले त्यसको पनि प्रशंसा गर्नुभयो ।
प्रतिवेदनमा धनीले मात्र मेडिकल शिक्षा पढ्ने वातावरणको अन्त्य हुनुपर्छ भन्नेमै केन्द्रित थियो । अर्को, चिकित्सा शिक्षा काठमाडौँ बाहिर लैजाँदा यसले स्वास्थ्य सेवा सुदृढीकरणका लागि सहयोग गर्छ भन्ने कुरा आफूले प्रधानमन्त्रीलाई बुझाउन सफल भएको माथेमाको दाबी छ ।
राज्यले स्वास्थ्य र शिक्षामा जतिधेरै लगानी ग¥यो जनताका लागि त्यतिनै फाइदा हुने भन्दै उहाँले अन्य क्षेत्रमा कटौति गरेर पनि स्वास्थ्य र शिक्षामा सरकारले लगानी गर्नैपर्ने बताउनुभयो ।
धुलिखेलसम्म भएका मेडिकल कलेज जोड्दा काठमाडौं उपत्यकामा सातवटा छन् उपत्यकामा मेडिकल कलेज बढी भएकोले अब उपत्यका बाहिर मेडिकल कलेज खोल्नुपर्छ भन्ने मान्यतामा अघि बढ्नुपर्ने उहाँको भनाई छ ।
त्यस्तै नेपाल कम्युनिष्ट पार्टीका नेता नेम्वाङ्गले डा. केसीसँग सफल वार्ता हुनुमा नेकपाका पार्टी अध्यक्ष ‘प्रचण्ड’ र प्रधानमन्त्री ओलीको विषेश योगदान रहेको चर्चा गर्नुयो ।
मलाई अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले तपाइले डा. केसीसँग सहमतिका लागि विषेश पहल गरिदिनुप¥यो भनेर भन्नुभयो, त्यसपछि म लगायत नेपाल मेडिकल काउन्सिलका अध्यक्ष डा. धर्मकान्त बाँस्कोटा, प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाह र माथेमा लगायतले अनौपचारिक रुपमा छलफल सुरु गरेपछि २७ गते वार्ता सम्पन्न ग¥यौ, नेम्वाङ्गले भन्नुभयो ।
अध्यक्ष प्रचण्ड र प्रधानमन्त्री ओलीले अब डा. केसीले कहिल्यै पनि अनशन नबस्ने गरी सहमति गर्नु भनेका कारण औपचारिक रुपमा छलफल गरेको केहीदिनमै केसीसँग सहमति हुन पुगेको जानकारी उहाँले दिनुभयो । उता केसीको पक्षबाट केदारभक्त माथेमाले पनि विशेष पहल गरेको उहाँको भनाइ छ ।
यता डा. केसी पक्षका वार्ताटोलीका सदस्य अधिवक्ता ओमप्रकाश अर्यालले भन्नुभयो, ‘प्रधानमन्त्रीले चाहनुहुन्नथ्यो भने अहिलेसम्म पनि सहमति जुट्नसक्ने थिएन । अर्यालले सहमतिको वातावरण बनाउन नेकपाका नेता श्रेष्ठ र नेम्वाङ्गको भूमिका महत्वपूर्ण भएको जानकारी दिनुभयो ।
डा. केसीले सुरुसुरुमा उठाउनु भएका माग केबल चिकित्साशास्त्र अध्ययन सस्थान आइओएममा डिनको नियुक्तिको लागि मात्र केन्द्रित हुने गर्दथ्यो भने पछिल्लो समय उहाँले समग्र चिकित्सा शिक्षामा सुधारको मागहरू प्रस्तुत गर्दै आउनुभएको छ । पछिल्ला समय उहाँका मागप्रति जनताको चासो, चिन्तन र सहभागिता पनि बढ्दै गएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना