महिलाले कम गर्छन रक्तदान

गोरखापत्र समाचारदाता

काठमाडौंँ, साउन १३ गते । सबै क्षेत्रमा महिलाहरूको सक्रियता र सहभागिता बढ्दै गए पनि महिला रक्तदाताको सङ्ख्या भने अझै निकै कम देखिएको छ । केन्द्रीय रक्त सञ्चार सेवाले गएको आर्थिक वर्षमा ६२ हजार ३५३ युनिट रक्त सङ्कलन गरेकोमा १० हजार यूनिट मात्रै महिला रक्तदाताबाट संकलन गरेको छ । अघिल्लो वर्ष ५२ हजार २८५ युनिट पुरुष रक्तदाताबाट रक्त संकलन गरिएको छ ।
यस वर्ष गरिएको रगत समूहको विश्लेषण अनुसार, नेपालमा ३.१० प्रतिशत मानिसको रक्तसमूह ए, वी, ओ र एबी नेगेटिभ छ । तर उपत्यकामा भने नेगेटिभ रक्तसमूह हुने २.९ प्रतिशत छन् ।
सबैभन्दा दुर्लभ एवी नेगेटिभ समूह ०.४२ प्रतिशत मात्रै छ । यसवर्षका रक्तदातामध्ये एचआइभी पोजेटिभ हुने ६६ जना देखिएका छन भने हेपेटाइटिस वी र सी देखिएका दाताको संख्या ४६६ र ३५१ छ ।
नेपालमा रक्त रक्तसञ्चार सेवा सुरु भएको ५२ आँैं वर्ष पूरा गरेको अवसरमा राजधानीमा शनिवार आयोजित कार्यक्रममा नेपाल रेडक्रस सोसाइटीका अध्यक्ष सञ्जीव थापाले अहिले नेपालको ७३ जिल्लाका १०८ स्थानमा रक्त सञ्चार सेवा केन्द्र तथा एकाइको स्थापना भएको जानकारी दिनुभयो । blode donetion
उहाँले लागतको आधारमा रगत उपभोक्ताले शुल्क तिर्नुपरेको वर्तमान अवस्थामा सोसाइटीले आफ्नो कोषबाट रक्तसञ्चार सेवाका लागि वार्षिक डेढ करोड अतिरिक्त खर्च व्यहोर्नुपरेको बताउनुभयो ।
नेपाल सरकार स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य प्रयोगशालाका प्रमुख हरिश्चन्द्र उप्रेतीले रक्तसञ्चार सेवालाई थप व्यवस्थित बनाउन सरकारको तर्फबाट पूरा सहयोग हुने जानकारी दिनुभयो । सोसाइटीका सञ्चार अधिकृत दिव्यराज पौडेलका अनुसार, २२ जिल्लामा जिल्लास्तरीय, ४७ जिल्लामा आकस्मिक रक्त सञ्चार सेवा र ३८ वटा अस्पतालमा रक्त सञ्चार सेवा एकाइको स्थापना गरी रक्त सञ्चार सेवा प्रदान गरिएको छ ।
कार्यक्रममा रक्तदाता उत्प्रेरणा तथा रक्त संकलन कार्यमा सक्रिय हुने संघसंस्थालाई सम्मान गरियो । सम्मानित हुनेमा नियमित साप्ताहिक रक्तसंकलन गर्ने पशुपति मारवाडी सेवा संघ, गणेशमान सिंह अध्ययन प्रतिष्ठान, लायन्स क्लब अफ चावहिल तथा रेडक्रसको चावहिल उपशाखा रहेका छन् ।
त्यस्तै, वर्षभरि धेरैपटक रक्तदान आयोजना गर्ने तथा धेरै युनिट रगत संकलन गर्ने ब्लड डोनर्स एसोसिएसन अफ नेपाल, स्वयंसेवी रक्तदाता समाज, फ्रेण्डस अफ आर.एच. नेगेटिभ, लायन्स क्लब अफ लालीगुराँस, दीर्घायु अस्पताल, नेपाल रेडक्रस सोासइटी महाबौद्ध उपशाखा, चाबहिल उपशाखा, गणबहाल उपशाखा, बह्मटोल उपशाखा, फ्रेण्डस क्लब अफ बलम्बु, सत्यसाइ सेवा संगठन, लायन्स क्लव, ट्रिनिटी कलेज, हेडस् नेपाललगायत छन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना