बिमस्टेकको चौंथो सम्मेलनको तयारी

bimstec

राधा चालिसे-
काठमाडौँ, साउन १३ गते । आगामी भदौ १४ र १५ गते काठमाडाँैंमा हुने बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगाल खाडीको प्रयास ( बिमस्टेक ) को चौंथो सम्मेलनको तयारीलाई अगाडि बढाइएको छ ।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार वैठकमा भाग लिनका लागि सदस्य राष्ट्रका सरकार प्रमुखहरूको उपस्थितिको सुनिश्चिता भएको छ । तिथि अनुकूलता पहिले नै लिएकाले हो । अहिलेसम्म सुनिश्चिततामा कुनै परिवर्तन आएको छैन । आसन्न बैठकको लागि संगठनको लोगो परिवर्तन गर्ने निर्णय अनुसार सदस्य राष्ट्रहरु मध्ये तीन तीन वटा लोगोेको डिजाइन तयार गरेर पठाएका छन् । ती मध्ये उत्कृष्ट छनोट हुनेछ ।
आगामी बैठकमा के के विषयमा छलफल केन्द्रित गर्ने भन्ने विषय भने बैठक औपचारिक रूपमा सुरु हुनुअघि सदस्य राष्ट्रका प्रतिनिधिहरु बसेर नै तय गर्ने छन् । यद्यपि विगतका बैठकको निर्णयहरूको कार्यान्वयको अवस्थामा छलफल हुने छ ।
विमस्टेकले यातायात र सञ्चार, पर्यटन, प्रतिआतङ्कबाद र अन्तरदेशीय अपराध, वातावरण र विपद् ब्यवस्थापन, उलर्जा, जनस्वास्थ्य, कृषि, ब्यपार र लगानी, प्रविधि, मत्स्य विकास, गरिबी निवारण, जनता जनतावीचको सम्बन्ध, जलबायु परिवर्तन र सास्कृतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ । प्राथमिकतामा परेको सबै विषयमा छलफल हुने प्रवक्ता ढकालको भनाइ रहेको छ ।
बिमस्टेक सम्मेलन र यो अन्तर्राष्ट्रिय संस्थाबाट नेपाल आर्थिक तथा सामाजिक विकासमा लाभ लिन सक्नु पर्ने कतिप विज्ञहरूको सुझाव छ ।
पूर्व परराष्ट्र सचिव मदनकुमार भट्टराई भन्नुहुन्छ,‘विकास र समृद्धि विभिन्न क्षेत्रमा आर्थिक तथा प्रविधिक सहयोग गर्ने बिमस्टेकको मूलभूत उद्देश्य हो र काठमाडौँ सम्मेलनलाई बढी उपयोग बनाउनु जरुरी छ ।’...

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना