अझै भएन जोशीको अनुमोदन

गोरखापत्र समाचारादाता

काठमाडौँ, साउन १४ गते । प्रस्तावित प्रधानन्यायाधीश दीपकराज जोशीको अनुमोदनसम्बन्धी निर्णय प्रक्रिया आइतबार पनि रोकिएको छ । विहीबार नै सुनुवाइ सम्पन्न भए पनि समितिले थप अध्ययन आवश्यक भएको भन्दै जोशीको नामावली अनुमोदन गरेको छैन । आइतबार बिहान बोलाइएको बैठक स्थगित गरिएको छ । depakraj josi by shekhar
सुनुवाइ समितिका सभापति लक्ष्मणलाल कर्णले आइतबारको बैठकमा निर्णय हुन नसकेका कारण सोमबार दिउँसो पुनः बैठक बोलाइएको बताउनुभयो । सोमबारको बैठकले अनुमादनसम्बन्धी निर्णय गर्ने अपेक्षा गरिएको छ ।
परामर्श जारी
प्रस्तावित प्रधानन्यायाधीश जोशीको सुनुवाइका क्रममा शैक्षिक योग्यताको प्रमाणपत्रको विवाद आएपछि अनुमोदनको निर्णय रोकिएको बताइएको छ । विवादका विषयमा समिति सदस्यले प्रधानमन्त्रीदेखि सत्तापक्षका शीर्ष नेतालाई भेटिसकेका छन् ।
समितिमा जोशीले दिनुभएको प्रस्तुति तथा पछिल्ला विवादमा सदस्यहरू सकारात्मक देखिएका छैनन् । समिति सदस्यहरू प्रस्तुतिका क्रममा जोशीले धेरै प्रश्न अस्वीकार गरेकोमा पनि असन्तुष्ट रहेको कतिपय समितिका सदस्यहरूको भनाइ छ ।
यस्तै आइतबार नै समिति सदस्यसँग नेपाल कम्युनिस्ट पार्टीका संसदीय दलका उपनेता सुवास नेम्वाङले परामर्श गर्नुभएको छ । समिति सदस्यसँग हालसम्म भएका गतिविधिको ‘ब्रिफिङ’ लिँदै नेम्वाङले स्वविवेवकमा निर्णय लिन सदस्यलाई सुझाव दिनुभएको छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना