प्राचीन स्मारक संरक्षणमा नागरिक

Shreeram upadhyaप्रा. डा. श्रीरामप्रसाद उपाध्याय

 


वि.सं.२०२२ मा नेपालको प्राचीन स्मारक संरक्षण ऐन लागू गरियो । वि.सं. २०६६ सम्ममा यस ऐनमा छ पटकसम्म संशोधन भइसकेको छ । प्राचीन स्मारक र पुरातìवसम्बन्धी ऐतिहासिक वा कलात्मक बस्तुको संरक्षणसम्बन्धी बनेको ऐनको प्रस्तावनामा नै प्राचीन स्मारकको संरक्षण, पुराताìिवक वस्तुको व्यापार र प्राचीन स्मारक भएको ठाउँ खन्ने काममा नियन्त्रण राखेर प्राचीन स्मारक र पुरातìवसम्बन्धी ऐतिहासिक वा कलात्मक वस्तुको उपलब्धि र संरक्षणसमेत गर्न ऐन ल्याइएको स्पष्ट लेखिएको छ ।
प्राचीन स्मारकसम्बन्धी परिभाषामा प्राचीन स्मारक भन्नाले इतिहास, कला, विज्ञान, वास्तुकला वा स्थापत्य कलाको दृष्टिकोणले महìव राख्ने सय वर्ष नाघेको मन्दिर, स्मारक, घर, देवालय, शिवालय, मठ, गुम्बा, विहार तथा स्तूप सम्झनुपर्ने र उक्त शब्दले स्मारक रहेको ठाउँ र राष्ट्रिय वा अन्तर्राष्ट्रिय दृष्टिकोणले विशिष्ठ मूल्य राख्ने एक अर्कासँग जोडिएको वा एकै इलाकामा बेग्लाबेग्लै रूपमा रहेको मानव बस्ती वा स्थल र प्राचीन मानव बस्तीको अवशेष, प्राचीन स्मारकको भग्नावशेष, गुफा इत्यादिसमेतलाई जनाउने भनी लेखिएको छ ।
प्राचीन स्मारक ऐन संरक्षण ऐनमा पुराताìिवक वस्तु भन्नाले प्राग् ऐतिहासिक कालमा मानिसले निर्माण गरेर उपभोग गरेको वस्तु वा कुनै पनि देशको इतिहासको जानकारी गराउने हस्तलिखित वंशावली, हस्तलिखित ग्रन्थ, स्वर्णपत्र, शिलापत्र, ताम्रपत्र, काष्ठपत्र, भोजपत्र, ताडपत्र, कागजपत्र, मुद्रा वा ऐतिहासिक घटना भएको वा ऐतिहासिक विशिष्ठ व्यक्ति बसेको घर र त्यस्तो व्यक्तिले प्रयोग गरेको वस्तु, ढुङ्गा, काठ, माटो, हस्ती हाड, हाड, काँच, कपडा, कागज, धातु, वेलबुट्टा भरेर आकर्षक ढङ्गले बनाएको कुनै महìवपूर्ण भाग वा उक्त घरमा प्रयोग गरेका वस्तु वा बेलबुट्टा भरेर वा नभरेर बनाएको मूर्ति, देवदेवताको मन्दिर, चैत्य, शालिक, पौवा, चित्र, पशुपंक्षी, चल अचल प्रकृतिको साथै नेपाल सरकारले समयसमयमा नेपाल राजपत्रमा सूचना प्रकाशित गरी तोकिएको वस्तुसमेतलाई जनाउँछ भनी लेखिएको छ । पुराताìिवक वस्तुअन्तर्गत क्युरियो भन्नाले एक सय वर्ष नाघेको आधुनिक हस्तकलासम्बन्धी वस्तु भन्ने बुझिन्छ । यस ऐनमा संरक्षण भन्नाले संरक्षित स्मारकलाई बार्ने, ढाक्ने, मर्मत गर्ने, सफा राख्ने व्यवस्था मिलाई स्मारकलाई मौलिक रूपमा दुरुस्त राख्ने काम भन्ने बुझिन्छ भनी लेखिएको छ ।
प्राचीन स्मारक संरक्षण ऐनअनुसार नेपाल सरकारले कुनै प्राचीन स्मारक रहेको ठाउँ वा क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषित गर्न चाहेमा चार किल्ला खुलाई त्यसको सूचना स्मारक रहेको ठाउँ र उक्त ठाउँ छेउमा रहेका सार्वजनिक स्थलसमेतमा एक एक प्रति सूचना टाँस गर्नुपर्ने हुन्छ । यस्तो सूचनामा चित्त नबुझ्ने व्यक्तिले सूचना टाँस भएको मितिले पैतीस दिनभित्र नेपाल सरकार समक्ष उजुरी दिन सक्ने प्रावधान राखिएको छ । यस्तो उजुरीमा नेपाल सरकारले अन्तिम निर्णय दिने र उजुरी नपरेमा उजुरी गर्ने हद म्याद सकिएपछि नेपाल सरकारले राजपत्रमा सूचना प्रकाशित गरी कुनै प्राचीन स्मारक रहेको ठाउँ वा क्षेत्रको चार किल्ला खोलेर उक्त ठाउँ वा क्षेत्रलाई संरक्षित स्मारक क्षेत्र घोषित गर्न सक्ने प्रावधान छ ।
यसअनुसार घोषित स्मारक क्षेत्रभित्र कसैले टेलिफोन वा विद्युत् लाइन जडान गर्न, खानेपानी वा ढलको निम्ति जग्गा खन्न, सडक बनाउन वा मर्मत गर्न, चलचित्र सुटिङ गर्न, पर्व मेला, नाचगान वा सवारी साधनको पार्किङ गर्न वा पोष्टर टाँस्न पुरातìव विभागबाट स्वीकृति लिनुपर्ने तर परम्परागत नाचगान, पर्व मेला गर्न चलाउन पुरातìव विभागको स्वीकृति लिनु नपर्ने कुरा
स्पष्ट पारिएको छ ।
संरक्षित स्मारक क्षेत्रभित्र कसैले आफ्नो जग्गामा नयाँ घर वा भवन निर्माण गर्दा वा पहिलेकै आकारमा परिवर्तन हुने गरी आफ्नो घर वा भवनको मर्मत, थपघट वा पुनःनिर्माण गर्दा त्यस्तो क्षेत्रभित्रको घर वा भवनको शैलीसित मिल्ने गरी पुरातìव विभागले तोकेको मापदण्डअनुसार निर्माण, मर्मत थपघट वा पुनर्निर्माण गर्नुपर्ने र त्यस्तो नगरेमा पुरातìव विभागले रोक लगाउन सक्ने कानुनी प्रावधान छ । पुरातìव विभागले दिएको आदेश नमानी निर्माण, मर्मत, थपघट वा पुनःनिर्माण गरेको घर वा भवनलाई पैतीस दिनको म्याद दिई भत्काउन सकिने र त्यसरी भत्काउँदा लागेको खर्च सम्बन्धित व्यक्तिबाट असुलउपर गराउने कुरामा सचेत गराइएको छ ।
ऐतिहासिक स्मारक र पुराताìिवक वस्तुको संरक्षण गर्ने उत्तरदायित्व सब नागरिकको हो । यस्ता वस्तुको संरक्षणबाट नै हाम्रो राष्ट्रिय स्वाभिमानको जगेर्ना हुनुको साथै हाम्रा सम्पदाको समेत सुरक्षण हुन सक्छ ।
राष्ट्रिय सम्पदाको संरक्षणसम्बन्धी ज्ञानको अभावमा देशका विभिन्न भागमा छरिएर रहेका यस्ता वस्तु प्रायः नष्ट हुने अवस्थामा पुगेका छन् । विगतको विनाशकारी भूकम्पबाट भत्किएका हाम्रा ऐतिहासिक स्मारकको पुनःनिर्माण कतिपय ठाउँमा हुन सकेका छैनन् । हामी सबैले जातीय, धार्मिक, दलीय वा अरू सबै किसिमका भेदभावबाट मुक्त भएर हाम्रा प्राचीन स्मारकको संरक्षणमा सार्थक पाइला चाल्नु आवश्यक छ ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना