बी.पी. र पिएललाई काँग्रेस कम्प्युनिष्टले नचिन्दा

baijay santoshi raiविजय सन्तोषी राई

 

युग पुरुष बी.पी. र पुष्पलाल (पिएल) लाई काँग्रेसजन र कम्प्युनिष्टले नै साँचो अर्थमा जीवनभर चिन्न र बुझ्न सकेनन् । काँग्रेसजनले नै बी.पी.को र कम्प्युनिष्ट नै पुष्पलालका दर्शन, सिद्धान्त, व्यवहारलाई मनन गरेर आत्मसात् गर्न नसक्नु पार्टी र देशकै लागि विडम्बना र दुर्भाग्य हँुदै आएको छ ।
नेपाली काँग्रेसका संस्थापक नेता बी.पी. र नेपाल कम्प्युनिष्ट पार्टीका संस्थापक नेता पुष्पालाललाई चिन्नु भनेको उहाँहरूले प्रतिपादन गर्नु भएको सिद्धान्तलाई बुझ्नु र उहाँहरूले देखाएको बाटोमा हिँड्नु, व्यवहारमा
उतार्नु हो ।
पुष्पलाल र बी.पी.को सिद्धान्त दर्शन, नीति र कार्यक्रमहरू सबै जनता केन्द्रित थिए । राणा शासनविरुद्धको सङ्घर्षका लागि सङ्र्घषमा शहीद भएका योद्धाहरूको प्रेरणा र राष्ट्रिय तथा अन्तर्राष्ट्रिय राजनीतिक परिस्थितिको प्रभावबाट २००३ सालमा बी.पी.ले काँग्रेस र २००६ सालमा पुष्पलालले कम्प्युनिष्ट पार्टीको स्थापना गर्नु भएको थियो ।
बी.पी.र पुष्पलाललालाई दरवारिया र दलालहरूले भारतको एजेन्ट, अर्राष्ट्रिय तìव र गद्दारको आरोप जीवनभर लगाए । प्यारो लाग्नेहरूले बी.पी.लाई सान्दाइ र पिए (पुष्पलाल) लाई मान्दाई भन्ने गर्दथे । नेपाल भारतको एउटा प्रशासनिक एकाई मात्र भएको छ भन्ने भारतको हस्तक्षेपलाई बी.पी.ले अति भयो भन्दा भारत परस्त भनेर उहाँकै खेदो गर्दथे भने गङ्गाजीको पानी पिएर क्रान्ति गर्छु भन्ने पुष्पलाललाई भारतीय व्यापारको प्रबन्ध मिलाउने क्षेत्रपाटीको माइला साहु, काँग्रेसपरस्त, भारतीय दलाल, गद्दारसमेत भन्ने गर्दथे ।
दुवै नेतालाई साँचो अर्थमा समयमा नै चिनेको भए नेपाल र नेपालीले २००७ सालदेखि अहिलेसम्म विजय र पराजयको नियति भोग्नुपर्ने थिएन । धेरै अगाडि नै लोकतन्त्र स्थापना भई नेपाल यतिखेर समृद्ध, सम्पन्न, विकासित राष्ट्र बनिसक्ने थियो । दुवै नेताहरूको सिद्धान्त शोषित पीडित, अपहेलित वर्ग, जाति र मानिसको पक्षमा केन्द्रित थियो । दुवै पार्टी एउटै नभए पनि उद्देश्य जहानियाँ सामन्ती राणा शासनलाई समाप्त गरी नेपाली जनतालाई अधिकार सम्पन्न बनाई नेपाललाई शान्त समृद्ध सार्वभौमसत्ता सम्पन्न बनाउनु नै थियो । निरङ्कुश पञ्चायती व्यवस्थालाई अन्त्य गर्नका लागि पुष्पलालले काँग्रेस र कम्प्युनिष्ट मिलेर संयुक्त जनआन्दोलन गर्नु पर्छ भन्ने धारणा र बी.पी.को राष्ट्रिय मेलमिलापको नीति एक अर्काका पूरकजस्तो थियो जुन पञ्चायती व्यवस्थालाई अन्त्य गर्नका लागि फलदायी पनि बन्यो ।
हरेक राष्ट्रको जीवनमा यस्तो क्षणहरू आउनेछन् जुन बेलामा विगतको अप्रिय विवादहरू, तीता, साना तिना मदभेतलाई बिर्सेर राष्ट्र एकताको सूत्रमा बाँधिनुपर्छ । बी.पी.को राष्ट्रिय एकता र मेलमिलापको नीति राष्ट्रको जीवनमा मात्र होइन, अहिले नेपाली काँग्रेसका लागि पनि उपयुक्त छ । बी.पी.लाई यदि हामीले गरिहोसँग आत्मसात् गर्न सक्यौँ भने त्यहाँभित्र हाम्रा सारा सङ्कटका ओखतीहरू भेट्न सकिन्छ तर बी.पी.जबसम्म जीवित हुनुहुन्थ्यो तबसम्म देशले चिन्न सकेन । राजाले चिन्न सकेनन्, कम्प्युनिष्टले चिन्न सकेनन् र काँग्रेसले नै चिन्न र राम्रोसँग बुझ्न पनि सकेन ।
नेपाली काँग्रेसको नेतृत्वमा भएको सशस्त्र सङ्र्घषबाट २००७ सालमा राणा शासनको अन्त्य र प्रजातन्त्रको स्थापनापछि नै बी.पी.ले अब जनसभाबाट जनसंविधान निर्माण गर्नुपर्छ भन्नुभएको थियो तर लामो समयसम्म निर्वाचन नभएपछि २०१२ सालको काँग्रेसको अधिवेशनबाटै पास गरेर संविधानसभाको यथाशीघ्र निर्वाचन गर्न तत्कालीन राजासमक्ष बी.पी.ले माग गर्नुभएको थियो । राजाले बी.पी.को प्रथम जननिर्वाचित सरकारलाई २०१७ सालमा अपदस्थ गरी पञ्चायती व्यस्थापाको स्थापना गरे तापनि बी.पी.ले जेल तथा स्वदेश र प्रवासबाट पनि सधैँ प्रजातन्त्र र संवैधानिक राजतन्त्रको पक्षमा मात्र आन्दोलन गरिरहनुभयो ।
राष्ट्रियतामाथि सङ्कट परेको देखेर राष्ट्रलाई जोगाउनका लागि प्रवासबाट राष्ट्रिय मेलमिलाको नीति लिएर २०३३ साल पुस १६ गते स्वदेश फर्कने क्रममा बी.पी.माथि सातवटा राजकाज विरुद्धका मुद्दाहरू लगाइएका थिए । एउटा मुद्दा हार्ने वित्तिकै बी.पी.लाई फाँसी हुन्थ्यो त्यसैले सबैले बी.पी.लाई नर्फकन अनुरोध गर्दा पनि बी.पी.फर्कनु भयो र भन्नुभयो – राजा र मेरो घाँटी जोडिएको छ । तर बी.पी.को त्यस भनाइलाई स्वयं राजा र राजाका आसेपासेले खिल्ली उडाउँदै भने – कहाँ राजा, कहाँ
बीपी ! राजासँग बीपीले आफूलाई तुलना गर्ने यस्तो
साहस ? भनेर उल्टै ब्यङ्गे गरे । बी.पी.लाई त्रिभुवन अन्तर्राष्टिय बिमान स्थलबाटै पक्राउ गरियो र जेल हालियो । बी.पी.र काँग्रेसले स्थापनादेखि नै संवैधानिक राजतन्त्रको पक्षमा बारम्बार रक्षात्मक ढङ्गबाट भूमिका निर्वाह ग¥यो तर राजाहरूले भने बी.पी.लगायत काँग्रेसका नेताहरू र काँग्रेस पार्टीमाथि झन् अनुदार बन्दै निरन्तर ढङ्गबाट एकपछि अर्को गर्दै कठोर प्रहार गर्दै गए । अन्तत्वोगत्वा काँग्रेसले पनि २०६२÷२०६३ सालको जनआन्दोलनमा पहिलो पटक राजतन्त्रको विपक्षमा गणतन्त्रको पक्षमा आफूलाई उभ्याएपछि राजतन्त्रले औपचारिक संवैधानिक रूपमा नै बिदा लिनुप¥यो । यसरी बी.पी.लाई राजाले समयमा नै चिन्न नसक्दा नेपालबाट राजतन्त्र नै समाप्त भयो ।
एउटा राजनीतिक प्रसङ्गमा २०४९ सालमा तत्कालीन नेकपा एमालेका महासचिव तथा चर्चित नेता मदन भण्डारीले भन्नुभयो – मलाई मन पर्ने खाजा मम हो भने मनपर्ने नेता बी.पी.कोइराला । तत्कालीन नेकपा माओवादीका नेता प्रचण्डले २०६४ सालमा पहिलोपटक प्रधानमन्त्री भएपछि सुन्दरीजलस्थित बी.पी.सङ्ग्रहालयको अवलोकन गरीसकेपछि बाहिर आएर पत्रकारलाई भन्नुभयो– मेरो पे्ररणाको स्रोत बी.पी. कोइराला ।
बी.पी.को कोइरालाको नेतृत्वमा २०१५ सालमा पहिलोपटक भएको आमनिर्वाचनमा काँग्रेसले दुईतिहाई बहुमत प्राप्त गरेपछि बी.पी.ले पार्टीका नेता सुवर्णसमशेर राणालाई प्रधानमन्त्री बन्न प्रस्ताव गर्नुभयो । सुवर्णले मान्नु भएन र बी.पी.लाई नै प्रधानमन्त्री बन्न आग्रह गरेपछि सबैका सल्लाहमा मात्र उहाँ प्रधानमन्त्री बन्नुभयो ।
उहाँले त्यतिखेर देशको संविधान वा काँग्रेसको विधानमा समावेशी सिद्धान्तको व्यवस्था नभए पनि नेपालीलाई गाँस्नका लागि आफ्नो मन्त्रिमण्डलमा राई, लिम्बू, मधेशी, नेवार, गुरुङ, मगर, थकाली, थारू, क्षेत्री, बाहुन, महिला– सबै जात जाति, वर्ग, क्षेत्र, लिङ्ग र भूगोललाई समेटेर काम गर्नुभयो । विकासका योजनालगायत जुनै पनि योजना बनाउँदा वा कार्यान्वयन गर्दा जनतालाई केन्द्रित गर्नु हुन्थ्यो ।
बी.पी. काइरालाले २०३३ सालमा राष्ट्रिय मेलमिलापको नीति लिएर स्वदेश फर्कने क्रममा आफ्ना मित्र कृष्णप्रसाद भट्टराईलाई कार्यबाहक सभापति दिनुभयो र जेलबाट निस्किसकेपछि पनि भट्टराईलाई नै कार्यबाहक सभापति बनाइरहनुभयो । २०३७ मा जनमत सङ्ग्रहको निर्वाचनमा सहभागी हँुदै गर्दा आगामी प्रधानमन्त्री पर्शुनारायण चौधरी भनेर घोषणा गर्नु भयो । भविष्यका प्रधानमन्त्रीहरू भनेर देवानसिंह राई र भीमबहादुर तामाङलाई भन्नुभएको थियो । त्यतिखेर के बी.पी.लाई प्रधानमन्त्री र पार्टी सभापति बन्ने रहर थिएन होला ? उहाँले भन्नुभएको थियो – काँग्रेस सत्तामा पुगेपछि सुकिला मुकिलाहरूले पार्टी कब्जा गर्नेछन्, दुःख पाएका सङ्घर्ष गरेका इमानदार नेता तथा कार्यकर्ताहरू पाखा लाग्नेछन् । त्यतिखेर पार्टीभित्रै दुःख पाएका इमानदार नेता तथा कार्यकर्ताहरूले सङ्घर्ष गर्नुपर्छ । सत्तामा गएको बेला काँग्रेसमा बी.पी.ले भनेजस्तै बारम्बार हुने गरेको छ ।
काँग्रेस कम्प्युनिष्टलगायत लोकतान्त्रिक शक्तिहरू मिलेर संयुक्त आन्दोलन गर्दा मात्र सफलता प्राप्त गर्न सकिन्छ भन्ने पुष्पलालको संयुक्त आन्दोलनको धारणाले नै राणा शासन, पञ्चायती व्यवस्थाविरुद्धको आन्दोलन, लोकतान्त्रिक आन्दोलनले सफलता प्राप्त गर्न सके । काँग्रेस, कम्प्युनिष्ट तथा लोकतान्त्रिक शक्तिहरूको संयुक्त अभियान तथा एकताले मात्र लोकतान्त्रिक संविधान २०७२ निर्माण गरी औपचारिक रूपमा नेपालबाट राजतन्त्र समाप्त भएको हो । अब नेपाललाई समृद्ध बनाउन पनि त्यतिखेर पुष्पलालले भन्नुभएजस्तै काँग्रेस, कम्प्युनिष्ट मिलेर अगाडि बढेमात्र सम्भव हुन्छ । बी.पी.र पुष्पलालले आन्दोलनको क्रममा भन्नुभएको थियो– एउटा राजनीतिक दलको जीवनमा र नेताहरूको जीवनमा जित पनि आउँछ, हार पनि आउँछ । सत्ता पनि आउँछ र साहदत पनि आउँछ ।
कम्प्युष्टि पार्टीका कार्यालयमा पुष्पलालको फोटो र काँग्रेसको पार्टी कार्यालयमा बी.पी. फोटो राखी माला लाइदिएर मात्र साँचो अर्थमा सच्चा अनुयायी भइदैन । उहाँहरूले प्रतिपादन गर्नुभएको सिद्धान्तलाई व्यवहारमा प्रयोग गर्दै हिँड्नु सक्नुपर्छ अनि मात्र उहाँहरूलाई साँचो अर्थमा चिनेको र सम्मान गरेको पुष्टि हुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना