बेसीशहर–चामे सडक अवरुद्ध

बेलिना थापा

लमजुङ, साउन १५ गते । अबिरल वर्षाका कारण हिमाली जिल्ला मनाङ जाने एक मात्र बेंसीशहर चामे सडक अवरुद्ध भएको छ ।Besishahar Chame Sadak Abarudda 1

सडकखण्डको लमजुङमा पर्ने मस्र्याङदी गाउँपालिका ४, च्याम्चे नजिकै गएराति खसेको पहिरोले सडक बगाएको स्थानीयले बताएका छन् । मनाङको नासों गाउँपालिका १, तालका बुधराज गुरुङले आज मंगलबार विहानैबाट सवारीसाधन चल्न नसकेको र मानिस हिड्न पनि गाह्रो परेको बताउनुभयो । लमजुङको बेंसीसहरबाट करिब ३० किलोमिटर मनाङतर्फको सडकमा खसेको पहिरोले सवारी आवागमन ठप्प भएको र यात्रु अलपत्र परेको स्थानीयले बताएका छन् । यस्तै, लमजुङ र मनाङका सिमा म्यार्दीखोला बढेपछि समेत सवारी आउजाउमा समस्या परेको सवारी चालकहरुले बताएका छन् । बर्षाको समय बेंसीसहर–चामे सडकखण्डको विभिन्न ठाउँमा बाढीपहिरो भएपछि सवारी आवागमन नियमित हुन सकेको छैन ।

प्रहरी नायब उपरीक्षक यादव ढकालले स्थानीयसंग समन्वय गरी पहिरो गएको ठाउँमा बाटो खुलाउन प्रहरी खटाइने बताउनुभयो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना