विद्यालयलाई पक्की भवन हस्तान्तरण

दीपक थापा

नुवाकोट, साउन १९ गते । तीन वर्षअघिको विनासकारी भूकम्पले क्षति पु¥याएको सूर्यगढी गाँउपालिका–१ लच्याङ्गमा रहेको मंगलादेवी आधारभूत विद्यालयमा बाह्रकोठे पक्की भवन निर्माण गरिएको छ ।
जापान सरकारको सहुलियतपूर्ण ऋण सहयोगमा जापानी सहयोग नियोग (जाइका) मार्फत सो भवन निर्माण गरिएको हो । विद्यालयको तीनवटा पक्की भवन हस्तान्तरण गरिएको छ ।
विद्यालयकालागि नयाँ भवन जापान सरकारले तीन करोड ३९ लाख ३३ हजार रुपैयाँ लगानीमा निर्माण गरेको हो । भवन भुकम्प प्रतिरोधि रहेको बताइएको छ । विद्यालयलाई भवन हस्तान्तरण गर्दै जिल्ला समन्वय समितिका प्रमुख शन्तमान तामाङले सुबिधा सम्पन्न भवन निर्माण भएकाले यसको संरक्षण गर्दै विद्यालयबाट ज्ञान प्राप्त गर्न समुदायलाई आग्रह गर्नुभयो ।
वडाध्यक्ष इमानसिंह तामाङले लच्याङको शिक्षाको अबस्था निकै कमजोर भएको र माध्यामिक तहसम्मको अध्ययन गर्ने विद्यालय समेत नभएकाले भवनको सदुपयोग गर्न सरोकारवालाहरुबाट सहयोगको आग्रह गर्नुभयो ।
विद्यालयमा हाल तीनसय ५० भन्दा बढी विद्यार्थी अध्ययनरत रहेका छन् । भौतिक सामाग्रिको समस्या पूरा भएकाले अब शिक्षाको गुणस्तरीयतामा बृद्धि गर्न आफूहरु केन्द्रित हुने प्रधानाध्यापक दत्तप्रसाद न्यौपानेले बताउनुभयो ।
न्यौपानेकाअनुसार विद्यार्थीकालागि माध्यामिक तहसम्म अध्यापन गराउने लक्ष्य, हिउँदको समयमा चरम अभाव हुने खानेपानीको व्यवस्थापन, कम्युटर कक्षा, पुस्तकालय, विज्ञान प्रयोगशालाको आवश्यकता पूरागरी शिक्षामा विद्यार्थीको आकर्षण बढाउन लक्ष्य लिइएको छ । naya bhawan photo
आधारभूत तहसम्म अध्ययन हँुदैआएको मंगलादेवी विद्यालयमा विद्यार्थी सङ्ख्या पर्याप्त भएकाले कक्षा बृद्धि गर्दै लैजाने सोच रहेको प्रअ न्यौपानेले बताउनुभयो । जापान सरकारको ऋण सहयोगमा ‘आपतकालीन विद्यालय पुनःनिर्माण’ कार्यक्रममार्फत केन्द्रीय ठेक्का प्रणालीबाट सम्झौता भएको मंगलादेवी विद्यालयसहित ५७ विद्यालयमध्ये यसअघि रालुका मावि विद्यालय समुदायलाई हस्तान्तरण गरिएको थियो ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना