नगरा बज्न छाडे

सरोज आचार्य 

काठमाडौँ, साउन २२ गते । हनुमानढोका दरबार परिसरमा रहेका दुई ठूला ऐतिहासिक नगरालाई हालै यथास्थानमा राखिएका छन् । ती नगरा पटकपटक बिग्रिएर रहनुपर्ने स्थानमा वर्षौँदेखि थिएनन् ।
नगरा हाल यथास्थानमा रहे पनि बजेका छैनन् । हनुमानढोका दरवारको दिगु तलेजुमा नित्य पूजा र साँझमा आरती हुँदा यी ठूला नगरा बज्ने गर्थे । अचेल यी बज्दैनन् ।
नगरा बजाउने गुठियार सम्बद्ध रञ्जु परियारका अनुसार नगरा यथास्थानमा राखिए पनि केही धार्मिक काम बाँकी रहेकोले नगरा नबजाइएका हुन् ।
तत्कालीन राजा गीर्वाण विक्रम शाहले दिगु तलेजुमा नित्य पूजा र आरती हुँदा यी नगरा बजाउनुपर्ने व्यबस्था गरेको इतिहास छ । स्थानीय कालुबहादुर गन्धर्वका अनुसार डम्डम् बज्नु पर्ने यी नगरा धिप्धिप् र ध्याप्ध्याप् गरेर बज्छन् । बिग्रेको आवाज पनि उहिल्यैदेखिको हो अचेल त यसरी पनि बज्नै छाडे । nagara_photo ramesh chhetri.jpg2
गन्धर्व भन्नुहुन्छ,‘काठमाडौँमा एक समय मखन असन इन्द्रचोक जैशिदेवल चिँकमुगल लगायत सहरभर नगरा वजेपछि सवै उठ्ने र साँझमा नगरा बजेपछि सुत्ने चलन थियो ।’
अचेल नगरा बज्यो बजेन भन्ने कुरामात्र होइन, नगरा छ छैन् कसैले हेक्का राख्न पनि छोडेका छन् । त्यसो भए पनि हनुमानढोका दरवार हेरचाह अड्डाले नगरालाई मर्मत गरेर यथास्थानमा राखेको छ । जानकारका अनुसार नगरा गुठीको पचासौँ रोपनी जग्गाको अवस्थाबारे गुठी सम्बद्ध परियार खलक बेखबर छन् । यसको जग्गा बलम्वुमा छ भनी सुनिएकोसम्म छ, थाहा भएका गुठी आयस्ता जग्गा रैतान अर्थात् व्यक्तिका नाममा दर्ता भएका छन् । अहिले आयस्ता नभएर पनि यी नगरा बजेका छैन् । नगरासँगै बज्नुपर्ने ठूलो घण्ट पनि नबजेको बताइन्छ ।
“घण्ट र नगराको वास्तविक आय आयस्ताको जग्गा छानविन होस्,” कालुबहादुर गन्धर्व भन्नुहुन्छ । विश्व सम्पदामा सूचीकृत हनुमानढोका दरवारसँगै ठूलो घण्ट र नगरा पनि सूचीकृत छन् तर यो कहिल्यै बज्दैनन् किन, भनेर पर्यटकले प्रश्न गर्छन् गन्र्धव भन्नुहुन्छ ।

 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना