बिमस्टेकको तयारी बैठक शनिबार

गोरखापत्र समाचारदाता

काठमाडौँ, साउन २३ गते । बहुक्षेत्रीय आर्थिक तथा प्राविधिक सहयोगका लागि बंगला खाडीको प्रयास (बिमस्टेक)को चौथो सम्मेलनको तयारीका लागि यही साउन २६ गते काठमाडौँमा विदेश सचिवस्तरीय बैठकको आयोजना हुने भएको छ । सम्मेलन आगामी भदौ १४ र १५ गते काठमाडौंँमा आयोजना हुने भएको छ ।
परराष्ट्र मन्त्रालयका सहायक प्रवक्ता रामबाबु ढकालका अनुसार बैठकमा सहभागी हुनका लागि सात वटै सदस्य राष्ट्रका परराष्ट्र मन्त्रालयका सचिवहरू काठमाडाँैं आउनुहुने छ । उहाँले भन्नुभयो, ‘‘यो उच्चस्तरको तयारी बैठक हो । सचिवस्तरीय बैठकले सम्मेलनमा प्रस्तुत गरिने विषय तय गरिनुका साथै यस सङ्गठनलाई थप सुदृढ र प्रभावकारी बनाउने विषयमा छलफल हुनेछ ।’’ bimstec
सदस्य राष्ट्रका सरकार प्रमुख सहभागी हुने बैठक पूर्व भदौ १२ गते सचिवस्तरीय बैठक, १३ गते मन्त्रीस्तरीय बैठक बस्ने छ । बैठकमा सहभागी हुनका लागि सात वटै सरकार प्रमुखहरूको उपस्थिति सुनिश्चित भइसकेको छ । आयोजक राष्ट्रको हैसियतमा नेपालले सबै राष्ट्रमा निम्ता पठाइसकेको छ । आन्तरिक तयारीको क्रममा विभिन्न निकायसँग समन्वय तथा उच्चस्तरीय पूर्व पदाधिकारी तथा राजदूतहरूसँग अन्तरक्रिया गर्ने क्रम बढाएको छ ।
बिमस्टेकले यातायात र सञ्चार, पर्यटन, प्रति आतङ्कवाद र अन्तरदेशीय अपराध, वातावरण र विपद् व्यवस्थापन, ऊर्जा, जनस्वास्थ्य, कृषि, व्यापार र लगानी, प्रविधि, मत्स्य विकास, गरिबी निवारण, जनता–जनताबीचको सम्बन्ध, जलवायु परिवर्तन र सांस्कृतिक सहकार्यलाई प्राथमिकतामा राख्दै आएको छ । दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क) र दक्षिण पूर्वी एसियाली राष्ट्रहरूको सङ्गठन
(आसियान) जोड्ने यो सङ्गठनमा नेपालका साथै बंगलादेश, भारत, म्यान्मार, श्रीलङ्का, थाइल्याण्ड र भुटान सदस्य छन् । म्यान्मार र थाइल्याण्ड आसियान मुलुकका सदस्य हुन भने अन्य सबै मुुलुक सार्कका सदस्य हुन् ।

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना