गैरआवासीय राजदूत नियुक्त...

काठमाडौँ, साउन २३ गते । राष्ट्रपति विद्यादेवी भण्डारीले अष्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई गणतन्त्र फिजीको राजदूतका नियुक्त गर्नुभएको छ ।

त्यसैगरी उहाँले इजिप्ट र अष्ट्रियाका लागि नेपाली राजदूत झवीन्द्रप्रसाद अर्याल र प्रकाशकुमार सुवेदीलाई क्रमशः लिबिया र स्लोभेनियाका लागि गैरआवासीय राजदूतमा नियुक्त गर्नुभएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । नेपालको संविधानको धारा २८२ को उपधारा (१) बमोजिम मन्त्रिपरिषद्को सिफारिशमा राष्ट्रपतिले नियुक्ति गर्नुभएको हो । (रासस) 

थप समाचार
प्रतिकृया
नाम

ईमेल

ठेगना